अबिरल वर्षासँगै आएको पहिरोले पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५, देविस्थान मगरदाङको लघु जलविद्युत आयोजना भत्काएपछि अवरुद्ध भएको विद्युत सेवा सुचारू गर्न बिहिबार जेनेटर हेलिकप्टरबाट ढुवानी गरिएको छ । पहिरोले विद्युत गृहमा पूर्ण क्षति भएपछि लघुजलविद्युत आयोजनाको टोलीले खरिद गरेको जेनेटर दरबाङबाट नेपाल कम्युनिष्ट पार्टी म्याग्दीको खर्चमा दरबाङबाट सिम्रिक एयरको हेलिकप्टरबाट ढु्वानी गरिएको मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो । पहिरोले मेसिन सहित आवश्यक उपकरणमा क्षती पुगेपछि अन्धकारमा रहेका स्थानीयलाई तत्काल सडकमार्गबाट ढुवानी सम्भव नभएपछि हेलिकप्टरको प्रयोग गरिएको उपाध्यक्ष विटालुको भनाई छ ।ढुवानीको क्रममा धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका–६ का अध्यक्ष सन्तोष सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

लघुलविद्युतका अध्यक्ष कुलबहादुर घर्तीले पोखराबाट समितिको लगानीमा खरिद गरी दरबाङसम्म पुर्याइएपनि त्यहाँबाट गाउँसम्म लैजान समस्या भएको अवस्थामा हेलिकप्टरबाट निशुल्क ढुवानी भएपछि सहज भएको बताउनुभयो । लघुजलविद्युतबाट करिब १ सय ३० घरधुरी लाभान्वित हुने छन् ।

Leave a Reply