जिल्ला प्रशासन कार्यालय बागलुङले पास बिनाका सवारी साधनलाई जिल्ला प्रवेशमा कडाई गरेको छ। बागलुङ जिल्लाबाट अत्यावश्यक कामको लागि मात्र अन्तर जिल्ला सवारी पास जारी हुने र अन्यत्र जिल्लाबाट बिना पासका सवारी साधनलाई जिल्लामा प्रवेश गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

‘अत्यावश्यक र ढुवानी सेवाको लागि भने पास बनाउन आवश्यक पर्ने छैन,‘कोरोनाको जोखिमलाई मध्यनजर गरी नाकामा कडाई गरिएको छ’ प्रजिअ न्यौपानेले भन्नुभयो ।

साथै सवारी पास माग गर्दा गन्तव्य स्थानीय तहको सहमति र हाल बसिरहेको स्थानीय तहको सिफारिस एवं अत्यावश्यक कार्यको प्रमाण सहित कार्यालयमा निवेदन प्राप्त भएपछि मात्र सवारी पास उपलब्ध गराईने उल्लेख गरिएको छ । देशका विभिन्न स्थानबाट काठमाण्डौ प्रवेश गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना भाईरस देखिएकाले बागलुङ प्रवेश र सवारी पासमा कडाई गरिएको जनाइएको छ।

Leave a Reply