बेनी-पाखापानी सडकको अर्थुङ्गेस्थित आँपारुख खण्डमा हिलाम्मे सडकमा दैनिकजसो पैदलयात्रुलाई एउटै चिन्ताले सताउँछ,‘हिँडदा चिप्लिएर लडिएला’ । बेनीबजारबाट बेनी नगरपालिका साथै मंगला र रघुगंगा गाउँपालिकका विभिन्न वडाका सर्वसाधारणले दैनिक प्रयोग गर्ने सडकमा सबैभन्दा धेरै सास्ती पदैलयात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई छ । बेनीबाट फर्किने क्रममा ढलान गरेको सडक सकिएलगत्तै अर्थुङ्गे खण्डमा विगतका बर्षमा भन्दा चारगुणा धेरै हिलो छ । बर्खाको समयमा हिलो हुने भएपनि सडकखण्डको सबैभन्दा जोखिम स्थानमै हिलोले सडक छोपेपछि दैनिक यात्रुलाई चिप्लिएर लड्ने पीरले सताउने गरेको जामुनाखर्क माविका शिक्षक गणेश केसीले बताए ।
‘अघिल्लो बर्ष यस्तो थिएन्, अहिलेको अवस्थामा हिड्नै सकिदैन’ उनले भने । रातो माटो भएकाले चिप्लो सडकमा दुर्घटनाको जोखिम अत्याधिक छ । जथाभावी खनेर भद्रगोल बनाइएका सडकमा हिलोले गर्दा पैदल हिँड्न नसकिने अवस्था छ ।
नजिकै रहेको नेपाली सेनाको ब्यारेकबाट समेत दैनिक सवारीसाधन आवतजावत गर्ने गरेको अवस्थामा निजी भवन र वडा कार्यालयको भवन बनाउने क्रममा समेत माटोले सडक हिलाम्मे भएको हो । हिउँदमा धुलो र वर्षातमा हिलोले गर्दा समस्या रहेको अर्थुङ्गे सामुदायिक यूवा क्लवका अध्यक्ष नारायण पौडेलले बताए ।
‘यो समस्याले आजित भएका छौ, समस्या समाधान गर्ने प्रयास प्रभावकारी नै छैन’ उनले भने । सडकखण्डको समस्या समाधानका लागि स्थानीय यूवा यादव सुबेदी लगायतको टोलीले नेपाली सेनाको ब्यारेकमा समेत पुगेर त्यहाँको पानी तर्काउने लगायतको काम गर्ने प्रयास गरेको समेत उनले बताए ।
अर्थुङ्गेबाट पैदल तथा मोटरसाइकलमा दैनिकजसो जागिरका सिलसिलामा समेत बेनी आउने गरेकाहरुले सडकको समस्या समाधानका लागि अनुरोध गर्दा सम्बन्धित निकायले कानमा तेल हालेर बसेको गुनासो समेत गर्ने गरेका छन् ।
‘यहाँ जोगिएर गन्तब्यमा पुग्नै मुस्किल छ,‘पानी र हिलो उछिट्टिँदा त्यसको मार पैदल यात्रुले खेप्नुपर्ने बाध्यता छ’ गरिका विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले भने । सडकको हिलो पन्छाएर, पानीको ब्यवस्थापन गरेमा सहज हुने बताए ।
सडकमा काम गदैं गरेका ठेकेदारले समेत समयमै काम सम्पन्न गर्न नसक्दा थप सास्ती भएको छ । यता बेनी नगरपालिकाले भने सडकको समस्या समाधानका लागि प्रयास गरेको बताउँदै आएको छ ।
Home स्थानिय समाचार म्याग्दी समाचार अर्थुङ्गे उक्लिने पैदलयात्री भन्छन्‘हिँडदा चिप्लिएर लडिएला भन्ने पीर’