म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा भिरबाट लडेर एक यूवाको मृत्यु भएको छ । अरिङ्गालको गोलो खोज्दै हिडेका बेनी नगरपालिका–४ सिंगाका १८ बर्षिय अर्जुन श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

अरिङ्गालको गोलो खोज्दै हिडेका श्रेष्ठ सहितका पाँचजनाले एक ठाउँमा पोलो मात्रै भेटेपछि अर्को ठाउँमा जाने क्रममा मृत्यु भएको एक प्रत्यक्षदर्शीले बेनीअनलाइनलाई जानकारी दिए । भिरबाट चिप्लिएर लडेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा पुगेका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए । ‘

टोलीमा गएका अरु सुरक्षित छन्,‘थप अनुसन्धान भइरहेको छ’ शर्माले भने । अरिङ्गाल खोल्दै हिड्नेमा १० देखि १५ बर्षका चारजना रहेका छन् । पछिल्लो समय भिरपाखोमा जोखिम मोलेर अरिङ्गाल खोज्दै जानको संख्या ह्वात्तै बढेको छ ।
तस्वीर सुविन शर्मा

 

Leave a Reply