नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको म्याग्दी बहुमुखरी क्याम्पसको क्वारेन्टिनमा राखिएको १५ जनाको पिसिआर नेगेटिभ आएको छ । स्वाब संकलन गरी जेठ २५ गते पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताए।

‘रिर्पोट नेगेटिभ आएसँगै उहाँहरूलाई होम क्वारेन्टिनमा पठाइन्छ,‘घरमा थप एकसाता अलग्गै बस्नुपर्छ’ लम्सालले भने । गत जेठ महिनाको १८ र १९ गते सीमा क्षेत्रबाट उद्धार गरी क्याम्पसमा राखिएको थियो ।

पिसिआ नेगेटिभ आउनेमा अन्नपूर्णका १, बेनी नगरपालिका ४, मंगला ७ र अनलोड मजदुर २ र एम्बुलेन्स चालक १ जना रहेका छन् ।  सीमा क्षेत्रबाट उद्धार गरी स्बाब पोखरा पठाइएका ३० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । म्याग्दीमा तीनजना कोरोनाका संक्रमित छन् । स्बाब रिर्पोट समयमै नआउँदा क्वारेन्टिनमा बसेकाहरू तनावमा छन् ।

Leave a Reply