म्याग्दीबाट काठमाण्डौमा बसोबास गर्ने मगर समुदायलाई सहयोग तथा आफ्नो परम्परागत सांस्कृतिक, भेषभुषाको संरक्षण गर्ने उद्देश्यले म्याग्दी मगर समाज काठमाण्डौ उपत्यकाले स्थापना गरेको शान्ति तथा राहत कोषमा रकम बृद्धि गरेको छ ।

समाजका अध्यक्ष टंक बुढाथोकी मगरले स्वर्गीय पिता ओम बहादुर बुढाथोकी, दाजु रत्न बहादुर बुढाथोकीको स्मृतिमा स्थापना गरेको १ लाखको अक्षय कोषमा संस्थाबाट थप १ लाख, तारो उपसमिति १५ हजार, महिला उपसमिति १५ हजार, सोरथी १५ हजार, अध्यक्ष बुढाथोकीबाट थप १५ हजार र मण्डली सहकारी ५ हजार थप गरिएको समाजले जनाएको छ ।

काठमाण्डौमा रहेका मगर समुदायको हितमा विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका कार्यक्रमहरू सञ्चालन गदैं आइरहेको समाजले कोषबाट शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

‘कोष बृद्धिका लागि अपिल गरेका छौ,‘आवश्यकता अनुसारको काम गर्ने कोषलाई निरन्तर बृद्धि गछौं’ अध्यक्ष बुढाथोकीले भने । सामाजिक, मानवीय सेवामा केन्द्रित हुने गरी संस्थाका सदस्यहरुलाई समेत आफ्नो क्षमता अनुसार सहयोग जम्मा गर्न अनुरोध गरिएको छ । समाजले कोरोना भाइरससँग सम्बन्धि कार्यक्रम समेत गर्ने जनाइएको छ ।

Leave a Reply