पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक यूवा म्याग्दी खोलामा पौडी खेल्न जाँदा खोलाले बगाएको छ । मालिका गापा–६ दरबाङको छारछारेको झोलुङे पुल नजिकबाट बेपत्ता भएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो ।

रोजगारको सिलसिलामा भारतबाट आएका १८ जनाको पिसिआर नेगेटिभ आएपछि मालिकाको क्वारेन्टाइनमा राखिएको थियो । छिमेकी धवलागिरी गाउँपाकिलाकालाई समेत मालिकामै राखिएको थियो । बेपत्ताको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । पौडी खेल्न जान्ने भन्दै यूवा हाम फालेको केहीबेरमै बेपत्ता भएको उनका साथीहरुले बताएका छन् ।

Leave a Reply