कोरोना भाइरसको संक्रमणको जोखिममा रुमल्लिएका बेला म्याग्दीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढेका छन् । गतबर्ष एकजनामा देखिएको स्क्रब टाइफस यसबर्ष बैशाख र जेठ महिनामै संक्रमितको संख्या ४ पुगको छ ।

बैशाखको पहिलोसाता मंगला गाउँपालिका–५ अर्मन सिर्कुमका एक यूवामा डेंगु र स्क्रब टाइफस दुबै पोजेटिभ जेठ महिनाकै पहिलो साता बेनपा–६ छापाकी १८ बर्षिया यूवतीलाई समेत देखिएको थियो । वुधबार बेनी अस्पतालमा उपचार गराउन आएकी बेनपा–९, काउलेगौडाकी ४५ बर्षिय एक महिलामा स्क्रव टाइफस पोजेटिभ देखिएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमृत अधिकारीले बताउनुभयो ।

‘म्याग्दी डेंगु र स्क्रब टाइफसको जोखिममा छ,‘जोखिन आवश्यक सतर्कता अपनाउनुपर्छ’ डा.अधिकारीले भन्नुभयो । विगतका बर्षमा विरामीको संख्या न्यून देखिने गरेको अवस्थामा यसबर्ष छोटो अवधीमा धेरै बिरामी भेटिनु जोखिम भएको डा.अधिकारीको भनाई छ ।

यसअघि यति धेरैको संख्यामा स्क्रब टाइफस जिल्लामा नदेखिएको अवस्थामा ब्यापक जनचेतनामुलक अभियान, सरसफाई, मुसाको बासस्थान भत्काउने लगायतका गतिविधिहरु गर्नुपर्ने डा. अधिकारीले बताउनुभयो । माइट’ नामको किर्नाले टोकेपछि स्क्रब टाइफस रोग लाग्छ ।

डा. अधिकारीका अनुसार मुसाको कानमा बस्ने र घाँसमा ‘माइट’ झरेको अवस्थामा मानिससँगको सम्पर्कमा आउँदा यसको संक्रमण हुने जोखिम धेरै हुन्छ ।

म्याग्दीमा पहिलोपटक गतबर्ष मंगला गाउँपालिकाकै एक बिरामीमा स्क्रब टाइफस देखिएको थियो । स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने खोकी लाग्ने जस्ता लक्षण देखापर्ने चिकित्सक बताउछन् ।

बेनी अस्पतालमा उपचार गर्न आउने विरामीमा टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने जस्ता समस्या देखिएमा ल्याबबाट परीक्षण गरिन्छ । यसैबीच गतबर्ष लामखुट्टेको टोकाईबाट सर्ने डेंगुका बिरामी १३ थिए भने यसबर्ष बैशाख र जेठ महिनामै ९ जना पुगेका छन् ।

Leave a Reply