म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाले धरौटी बुझाएर छुटेका छन् । २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि प्रहरीले दर्ता गरेको हात हतियार तथा खरखजना मुद्दामा २ लाख ५० हजार धरौटी बुझाएर छुटेको श्रेष्तदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिनुभयो ।

मंगलबार न्यायाधिश माधवेन्द्रराज रेग्मीको इजलासले धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले वडा अध्यक्ष शेरपुञ्जा विरूद्ध ७ बर्ष र ७० हजार जरिवाना र कैद सजाय हुनुपर्ने माग सहित मुद्धा दायर गरेको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा आफूसँग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली भेटिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि वडा अध्यक्ष शेरपुञ्जा पार्टीका नेताहरु सहित प्रहरीमा उपस्थित भएका थिए । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट विजय भएका थिए । अदालतबाट धरौटीमा छुटेपछि उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

Leave a Reply