बेनी नगरपालिका भित्र बैशाख महिनामा मात्रै चारजनामा डेंगु पेजेटिभ देखिएपछि डेंगुबाट जोगिन बेनीबजारमा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरू भएको छ।हरेक मङ्गलबार तथा शनिबार डेंगु रोग सार्ने एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको खोज्ने तथा नष्ट गर्नेसमुदायले नै सक्रिय भएका छन् । बजार क्षेत्रमै डेगुको संक्रमित भेटिएपछि बेनी नगरपालिकाले बिहिबारदेखि टोल–टोलमा कार्ययोजना बनाई सामुहिक सरसफाई अभियान सुरू गरेको मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।बेनपा–७ र ८ नं वडामा २४ वटा समुह बनाएर परिचालन गरिएको छ भने धार्मिकस्थल गलेश्वरमा समेत थप एक समुहले घर, कार्यालय, होटल, संघसंस्था वरपरको स्थानमा लामखुट्टे खोज्ने र नष्ट गर्ने, टोल भित्रका सार्वजनिक स्थानहरुको सरसफाई गर्न संघसंस्थाका व्यवस्थापमा सक्रिय रहेका छन् ।

ग्यारेजमा र कवाडीमा जथाभावी रूपमा खुला ठाउँमा फालिएका टायर, फोहोर, पानीका खाली बोतल, खाल्डाखुल्डी, ओसिलो ठाउँमा लामखुट्टेको प्रजननका निम्ति अनुकूल भएकाले उक्त क्षेत्रमा पहिलो प्राथमिकता दिएर समुदायलाई नै परिचालन गरिएको छ ।बहिबार बजार क्षेत्रमा लामखुट्टेको बासस्थान खोज्ने र नियमित सरसफाई गर्ने स्थानको पहिचान गर्ने क्रममा खुल्ला ठाउँमै पानीले भरिएका बोतल, सडकमा पानी जम्मा भएको, ब्यक्तिगत तथा सरकारी कार्यालयको निवास बाहिर फोहोर, घरको गमला र प्रयोगविहिन भाँडाकुँडाहरुमा समेत लामखुट्टेको अण्डा भेटिएको थियो । टोलबासीसँगै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायतको उपस्थिती रहेको थियो । सदरमुकाम बेनीसँगै प्रसिद्ध धार्मिकस्थल गलेश्वर बजारमा समेत सरसफाई गरिएको छ ।

 

Leave a Reply