शिब बोहोरा/ म्याग्दी कोरोना भाइरस (कोभिड-१९) बाट बच्न नेपाल सरकारले अहिले नेपालमा लकडाउन लगाएको छ । यो समयमा धेरै जसो मानिस घर भित्र नै सुरक्षीत बसेका छन ।
यो समयमा धेरै जसो मानिसले यो लकडाउनको समयलाई केही रचनात्मक काम गरेर समयको सदुपयोग गरीरहेका छन त्यस्तै उदाहरण बनेका छन बेनी नगरपालीक २ ज्यामरुकोटका बिकम्र बोहोरा, कोरोनाको माहामारीका रुपमा फैलिएपछि यसलाई कहर मात्रै होइन अवसरका रुपमा उपयोग गर्न जान्नुपर्छ भन्ने भनाईलाई आत्मसात गरेका छन ।
शहर बजारका मानिसहरु घरबाट बाहिर निस्कन नपाएको गुनासो गरिरहेका बेला बोहोराले भने बाँस र निगाँलाबाट बन्ने नेपाली मौलिक सामाग्री बनाउँदै छन । बाँस र निगाँलाबाट बन्ने थुन्से, भकारी, चित्रा, मान्द्रो, पेटारो (पिरिङगो), (नाङ्लो), सोली, कोर्को, डोका, स्याखुलगायतका विभिन्न सामाग्री बनाएर गाउँ घरका आवश्यकता पनि पुरा भएको छ ।’
गाउँमा बसेर उनले झण्डै ४ दर्जन जति बाँस र निगालाबाट बन्ने सामाग्रीहरु बनाएका छन। गाउँमा टोल टोलमा राखिएका फोहोर संकलन गर्ने भाडो पनि बाँस र निगालाको प्रयोग गर्दे उनले नै बनाएका हुन। लकडाउनपछि डोको, स्याखु, चाङ, नाम्लो, फुर्लुङ, पेटार्रोे टोकरो बनाएको बोहोराले बताउनुभयो । त्यसो त, उनले लोपोन्मुख अवस्थामा रहेको स्याखु पनि बनाएका छन्। हाम्रा हजुरबुवा आमाको पालामा छाताको विकल्पमा स्याखुको प्रयोग गरिन्थ्यो। बिशेषतः आमाहरुले मेलापात जाँदा स्याखु ओढ्ने गर्नुहुन्थ्यो। स्याखु चोयाबाट बुनिएको हुन्छ भने भित्री पाटोमा कटुसका पात वा प्लाष्टिकले मोडेर पानी छिर्न नसक्नेगरी बनाइएको हुन्छ। जसले टाउकोदेखि कम्बरसम्मको भागलाई छाप्ने गर्दछ। दक्ष ब्यक्तिले मात्र स्याखु बनाउन सक्छन। बोहोराले भन्छन ‘नाम्ला, डोका, थुन्से लगायतका सामाग्री बनाउन मलाई , मेरो बाबाले सिकाउनुभएको थियो । ’हाम्रो संस्कृति र परम्परा बोकेको पुर्ख्यौली पेशा र बुवाको सीपलाई निरन्तरता दिनेछु।’ गाउँघरमै सजिलै पाइने बाँस र निगाला काटेर, केही दिन पानीमा ढडाएपछि चोया काढेर यी सामाग्री बनाउने गरिन्छ।