Dengu

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेका जिल्लाको मंगला गाउँपालिका–५,अर्मन सिर्कुमका एक यूवामा डेंगु र स्क्रब टाइफसक रोगको संक्रमण देखिएको छ ।

एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि बेनी अस्पतालमा भर्ना भएका यूवाको ल्याव परीक्षणमा डेंगु र स्त्रब टाइफस पोजेटिभ देखिएको अस्पतालका डा. मनोज घिमिरेले बताउनुभयो ।

‘बिरामीको उपचार भइरहेको छ,‘यस सिजनकै पहिलो बिरामी हुनुहुन्छ’डा.घिमिरेले भन्नुभयो । डेंगु लामखुट्टे र स्क्रब मुसाबाट सर्ने रोग हो । दुवै रोगबाट ज्वरो लगायतका लक्षण देखिने भएकाले पनि यो समयमा कोरोनाको जोखिम भन्दै त्रसित हुने गरेको समेत पाइएको छ ।

डेंगु र स्क्रब टाइफस एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाई छ । गतबर्ष म्याग्दीमा पहिलोपटक एक महिलामा स्क्रब टाइफस देखिएको थियो भने करिव १२ जना डेंगुबाट संक्रमित भएका थिए ।

Leave a Reply