कोरोनाभाइरस (कोभिड(१९) को संक्रमणबाट निको भएपछि बागलुङकी ६५ वर्षीया वृद्धा मुस्कुराउँदै घर फर्किएकी छन् । कोरोना संक्रमणपछि धौलागिरि अञ्चल अस्पताल बागलुङबाट शनिबार साँझ सबैलाई नमस्कार गदैं बृद्धा उत्साहित भएर घर फर्किएकी हुन् ।

चैत २० गते कोरोना पुष्टी भएपछि अस्पताल भर्ना भएकी बृद्धालाई अस्पतालमा चिकित्क, स्वास्थ्यकर्मीले समेत ताली बजाउँदै विदाई गरेका थिए । अस्पताल बाहिर रहेका सर्वसाधारणले समेत बृद्धालाई हैसला प्रदान गरेको बागलुङका पत्रकार अर्जुन कार्कीले बेनीअनलाइनलाई बताए ।

यस अघिको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार स्वाव पठाएर शनिबार दिउँसो भएको परिक्षणमा उनको चौथो रिपोर्ट पनि नेगेटिभ आएपछि उनी कोरोनामुक्त बनेकी हुन्।महिलाले आफूले ठूलो आत्मविश्वासका साथ यो रोगलाई पराजित गर्न सफल भएको बताईन् ।

‘विश्वलाई हल्लाइरहेको रोगलाई मैले जित्न सफल भए, अस्पतालमा मलाई राम्रो सेवा गर्नुभयो’ बृद्धाले भनिन् । संसारलाई हल्लाएको रोगलाई जित्न सकेको भन्दै परिवारसँग समेत खुसी साटेकी थिईन् । चौथो रिर्पोट समेत नेगेटिभ आएपछि अस्पतालले बृद्धाको परिवारलाई खवर गरेका थिए ।

अस्पतालबाट बाहिरिदैं गरेको अवस्थामा बृद्धाले चिकित्सक र स्वास्थ्यकर्मीलाई हेदैं धन्यवाद व्यक्त गरेकी थिईन् । उनले आफू १५ वर्षदेखि दमको रोगी भएपनि अस्पतालको बसाईमा कुनै समस्या नभएको बताइन्। गत चैत ४ गते बेल्जियमबाट महिलासँगै आएकी बानपा-४ कुँडुलेकी १९ वर्षीया युवतीमा भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ । बागलुङमा कोरोनाको संक्रमित भेटिएपछि म्याग्दी जोड्ने सडक तथा पैदलमार्ग समेत पूर्णरुपमा बन्द गरिएको छ ।

 

Leave a Reply