रातसाँझ लुकिछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा लगाइएको छ ।

पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा आपतकालिन बाहेक आवतजावत बन्द गरिएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो । ‘रातीको समयमा सवारीसाधनमै लुकिछिपी हिड्ने गरिएको छ,‘अत्याआवश्यक अवस्थामा बाहेक मान्छेहरुलाई ओहोरदोहोर गर्न रोकेका छौ’ अध्यक्ष सुबेदीले भन्नुभयो। मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुमुकबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाई गर्नुपरेको बताउनुभयो ।

बेनी–दरबाङ सडकमा तगारो लगाइएसँगै यूवाहरुले समेत नियमित गस्ती समेत गरिने छ । एक गाउँबाट अर्काे गाउँ जान–आउन समेत अवरोधलाई थप कडाई गर्ने गरी प्रहरी सहित ६ जना यूवा खटाइएको छ ।

छिमेकी जिल्लाहरुको कारण दरबाङ समेत जोखिममा परेपछि स्थानीयले बिरामी र अति आवश्यकता परेकालाई सहज हुने गरी वडा अध्यक्ष सुबेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लव अफ दरबाङका पूर्व अध्यक्ष स्थानीय हिरा पुनलाई चावी दिइएको छ । सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णयसँगै म्याग्दीका स्थानीय तहले समेत कडाई गरेका छन् ।
आपतकालिन अवस्थामा दरबाङ प्रवेश र बाहिरिनुपरेमा निम्न नम्बरमा फोन गर्नुहोला : मो न क्रमश ९८५७६२३१४५,०६९-४२०१००,९८४७६१५२५८ एम्बुलेन्स को सम्पर्क मेख ब पुन मो ९८४७७५१७९३रहेको छ ।

Leave a Reply