कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि काठमाडौंबाट स्वास्थ्य प्रावधिक सहितको टोली ३ जिल्लाको लागि हिँडेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्‍यापिड टेस्ट’ पठाउने निर्णय गरेको थियो ।सोही अनुसार ३ जिल्लामा टोली पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराए ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डेले आइतबार राती काठमाडौंबाट गएको टोलीले त्यहाँका स्वास्थ्यकर्मीसँग समन्वय गरेर सकेसम्म आजैबाट नभए मंगलबारबाट ‘र्‍यापिड टेस्ट’को कार्य प्रारम्भ गर्ने जानकारी दिए ।

सरकारले तत्कालका लागि यी ३ जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्दैछ । ‘र्‍यापिड टेस्ट’बाट कोरोना भएको सम्भावित व्यक्तिको पहिचान गर्न सकिने र पीसीआर विधिबाट पुनः परीक्षण गरेर होकी हैन भनेर पुष्टि गरिने डा. देवकोटाले बताए ।त्यस्तै, कोरोना देखिएको परिवार र उसले सम्पर्क गरेका व्यक्तिमा लक्षण नदेखिए पनि परीक्षण गरिने जानकारी गराइएको छ ।

Leave a Reply