कोरोना भाइरसले महामारीको रूप लिएपछि संक्रमणबाट जोगिन सरकारले गरेको दुईसाता लामो लकडाउनमा म्याग्दी जिल्लाले गरेको प्रयासलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रशंसा गर्नुभएको छ ।

लकडाउनेको अवधिमा जिल्ला प्रशासन कार्यालय, प्रहरी र केही स्थानीय तहको प्रयासमा कारोना बिरुद्धको अभियानलाई अन्य जिल्लाले समेत सिक्नुपर्ने मन्त्री चुमानको भनाई छ । ‘लकडाउनको अवधिमा कोरोना बिरुद्ध म्याग्दीले गरेको प्रयास नमुना छ,‘गण्डकी प्रदेशमै यो मोडेल प्रयोग गरौं’मन्त्री चुवानले भन्नुभयो ।

मन्त्री चुवानले सामाजिक सञ्जालमा लेख्दै लकडाउनको अवधिमा कोरोना भाइरसका बारेमा राम्रो ज्ञान भएका पाँचजना स्वयंमसेवक र एक जना प्रहरी गरी ६ जनाको टिम परिचालन, विदेशबाट आएका, अस्वस्थ भएकालाई पहिचान र क्वारेन्टाइन वा अस्पतालमा लैजने र स्वयंमसेवकलाई दैनिक ८ सयको दरले भत्ता लगायतका प्रयासलाई सिक्नुपर्ने बताउनुभएको छ ।

म्याग्दीमा रघुगंंगा गाउँपालिकाले एक वडा एक प्रहरी सहित स्वयंमसेवकको दस्ता परिचालन गरी सुरु भएको मोडेलमा जनप्रतिनिधिले समेत साथ दिएका छन् । उक्त मोडेललाई कोभिड–१९ कमाण्ड पोष्टले समेत नयाँ र प्रभावकारी अभ्यास भन्दै अन्य पालिकालामा समेत कार्यान्वयन गर्न अनुरोध गरेको थियो ।

हाल धवलागिरी र मंगलामा स्वयमसेवक परिचालन गरिएकोमा अव यो मोडेल अनुसार एक वडा एक प्रहरीलाई समेत थप गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो। ‘म्याग्दीको मोडेल अन्य जिल्लामा कमै प्रयोग भएको छ,‘विहानैदेखि रातीसम्म समुदायमै खट्नुभएको छ’ प्रजिअ ढकालले भन्नुभयो ।

रघुगंगाले विहान बेलुकीको खाना बाहेक दैनिक ८ सय भत्ता दिएको छ भने धवलागिरीले दैनिक करकट्टी सहित १ हजार भत्ता दिएको छ । यो मोडेलले गाउँमा विदेशबाट फर्किएकालाई सहज पहिचान देखि घरबाहिर निस्कने, खेलकुद गतिविधिमा सहभागी हुनेलाई समेत तत्काल सचेत बनाउने कार्य गरिएको छ ।स्वयंमसेवकले भिडभाडलाई तितरवितर मात्रै नभई कोरोना बिरुद्धका जनचेतना सहित आवश्यकता परेमा सर्वसाधारणको जिज्ञासा समेत मेट्ने प्रयास गर्ने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको भनाई छ ।

कोरोना बिरुद्धको अभियानमा यसलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमको रुपमा समेत लिइएको छ । यसैबीच बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकामा समेत यो मोडेल प्रयोग गरिने छ ।

मन्त्री चुमानले फेसबुकमा लेखेको

म्याग्दी जिल्लामा जिल्ला,पालिका र वडा तीनैतहको लक डाउन। हरेक वडामा संबन्धित वडाको राम्रो ज्ञान भएका ५जना स्वयंसेवक र एक प्रहरी गरि ६जनाको टिम परिचालन।बिदेशबाट आएका,अस्वस्थ भएकाको पहिचान र क्वारेन्टाइन वा अस्पतालमा पुर्याउने काम सो टिमले गर्ने।टिमका हरेक सदस्यलाई दैनिक खाना/खाजा बापत रु८००/को ब्यबस्था पालिकाले गरेको। म्याग्दी जिल्लाबाट सबैले सिक्ने कि ?

Leave a Reply