बेनी नगरपालिका–८, न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले कोरोना रोकथामको अभियानमा सघाउन आईतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई कोरोना रोकथाम सामग्री सहयोग गरेको छ ।

प्रोेपाईटर प्रमोद महतो र विजय अधिकारिले सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीलाई ३०० वटा ग्लोब्स, १० वोतल स्यानिटाईजर, १०० वटा मास्क लगायत कोरोना रोकथाम सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिमार्फत कोरोना रोकथामको अभियानमा भविस्यमा समेत सहयोगको प्रतिबद्धता जनाएको मेडिकल हलका सञ्चालक महतोले बताउनुभयो। जिल्लाभरको अवस्थाको अनुगमन, क्वारेन्टाइन, आइसोलेसन वार्डमा आवतजावत गर्ने क्रममा उपयोगी हुने साम्रागाी प्राप्त भएको सहायक प्रजिअ सुबेदीले बताउनुभयो । मेडिकल साम्रागीको अभाव भइरहेको अवस्थामा उक्त सामानले थप सहज भएको बताउँदै सरकारी स्रोतसाधन सँगै समुदाय र संघसंस्थाको सहयोगले सहज हुने बताउनुभयो ।

यसअगाडी समेत कोरोना रोकथामका लागि बेनी नगरपालिकालाई स्यानिटाइजर बनाउन मिल्ने साम्रागी, मेडिकल पन्जा २ सय थान, माक्स ५० थान, कोरोना भाइरसबाट जोगिन आवश्यक पर्ने पर्चा साम्रागी ३ हजार सहयोग गरेको थियो।

त्यस्तै बेनी सामुदायिक माध्यमिक विद्यालयको प्राथमिक उपचारलाई समेत रुघाखोकी लागेका बिरामीलाई माक्स, टाउको दुख्ने, खोकी, ज्वरो जस्ता प्राथमिक उपचारमा सहयोग पुग्ने गरी १५ हजार बराबरको औषधी सहयोग गरेका थिए ।

Leave a Reply