दमकल माथिबाट प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले निर्देशन दिए लगत्तै प्रहरीको टोलीले शनिबार बेनीबजारमा कीटनाशक औषधि छर्कियो । बजारको मुख्य चोकहरुमा प्रजिअ ढकालसँगै प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले आफै खटेर करिव चारघण्टा बजारमा कीटाणुनाशक पदार्थ क्लोरिन पाउडर छर्किएको थियो । दमकलबाटै बजारबासीलाई आफ्नो घर आसपासका क्षेत्रमा सरसफाई गर्न समेत अनुरोध समेत गर्नुभयो । बेनीबजारको चोकगल्लीमा दमकलबाट प्रजिअ ढकाल र प्रनाउ कुँवरले गर्नुभएको प्रयासलाई बजारबासी समेत खुसी भए । कोरोना भाइरस बिरुद्धको अभियानलाई प्रभावकारी बनाउन जिल्ला विपद् ब्यवस्थापन समितिमा आफैले निर्णय गरेको भोलीपल्ट विहानै सडकमा उपस्थिीत भएर प्रजिअ ढकालले प्रहरीको सहयोगमा बजारमा क्लोरिन पाउडर छर्किनुभएको थियो ।‘यो अवस्थामा कसैले गर्दा भन्नुभन्दा पनि आफ्नो प्रयासमै गर्नुपर्छ,‘फिल्डमै खटिएर म्याग्देली जनतालाई कोरोनाको संक्रमण हुन नदिने प्रयासमा छु’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भन्नुभयो ।

उहाँले बेनीबजारमा यात्रा गर्न यात्रुहरुबाट भाइरसको जोखिमलाई मध्यनजर गरी पहिलो चरणमा सडक तथा आसपासको क्षेत्र सरसफाई गरिएको बताउनुभयो । बेनीबजारसँगै पश्चिम र उत्तरी क्षेत्रका बजारहरुमा छर्किने तयारी भइरहेको प्रजिअ ढकालको भनाई छ।

उहाँका अनुसार बेनीबजारमा अत्यावश्यक साम्रागी बोकेर जिल्ला बाहिरबाट आउने सवारीसाधनमा समेत स्प्रे छर्किने, चालकको ज्वरो, रुघाखोकी चेकजाँच लगायतका कार्यहरु समेत भइरहेको बताउँदै जिल्लाभित्र एक्सनमा जाने गरी आवश्यक योजनाहरु समेत तयार भइसकेको बताउनुभयो ।

किटाणुको नष्ट गर्ने अभियान अन्तरगत पहिलो चरणमा करिब ५० केजी क्लोरिन पाउडरको प्रयोग गरिएको छ । पाउडरको ०।२ प्रतिशतले ब्याक्टेरिया र ०।५ प्रतिशतले भाइरसकै नष्ट हुन्छ ।

हाल बेनी खानेपानी तथा सरसफाईबाट ५० केजी उपलब्ध भएको बताउँदै थप आवश्यकता परेमा सहकार्य गरिने छ । बेनी नगरपालिकाले दमकल र जिसी ग्रुपले ट्याक्र सहित सञ्चालक नारायण जिसीले नै सडकमा आएका सहयोग गर्नुभएको थियो। गत चैत्र १ गते यता बैदेशिक रोजगारबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरिएको बताउँदै अटेर गर्नेलाई प्रहरीले घरमै पुगेर ल्याउने प्रजिअ ढकालको भनाई छ ।

लकडाउन अवधिभर जिल्लाभित्र गर्ने कार्ययोजना तयार गरिसकेकाले अव ग्रामिण क्षेत्रका बस्तीमा लकडाउनको पालना भए नभएको बारेमा सुरक्षा निकायले नियमित गस्ती गर्ने बताउनुभयो। यस्तै प्रनाउ कुँवरले लकडाउनमा घरबाट ननिस्कन गरिएको अनुरोधलाई अटेर गरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

‘कसैले कुनै बाहनामा छाड्दैनौं, अवको दिनमा झनै कडा हुनुपर्ने अवस्था छ’ प्रनाउ कुँवरले भन्नुभयो । प्रशासन र स्थनीय तह एक्लैले कोरोनाविरुद्ध लड्न सक्दैन भएकाले नागरिकको साथ आवश्यकता रहेको बताइएको छ ।

Leave a Reply