जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामको कान्छीगाउँबाट बेनी तर्फ आउँदै गरेको जीपलाई रोकेर राखेको अवस्थामा चालक पूर्णबहादुर शेरपुञ्जा जीपको नजिकै थिए । कान्छी गाउँ जाने पानाकोट भन्ने ठाउँमा चालक बाहेक ९ जना सवार थिए । गाडीमा बालबालिका समेत थिए । रोकिराखेको अवस्थामा गाडी एक्कासी गुड्न थालेपछि झिँ गाउँका चालक शेरपुञ्जाले स्टेरिङ घुमाउने र ब्रेक लगाउने प्रयास गरेपनि दुर्घटना भएको स्थानीयको भनाई छ ।‘गाडीमा चढेका बच्चाहरू गेर चलाइदिएको अवस्थामा गाडी दुर्घटना भएको चालकले तत्काल बताएका थिए,‘चालक नै उद्धारमा खटिए’ स्थानीय मोहन तिलिजाले भने । उनका अनुसार घटनास्थलमा सावधानी अपनाउने प्रयास भएको अवस्थामा दुर्घटना भएको देखिएको उनले बताए। बोलेरोमा १० बर्ष मुनिका ५ जना बालबालिका सवार थिए ।

स्थानीयले दुर्घटनाको जानकारी पाएपछि तत्कालै उद्धारमा खटिएर थप जानकारी प्रहरीलाई दिएको शेरपुञ्जाले बताए । यता प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले प्रारम्भीक अनुसन्धानको क्रममा बालबालिकाले गेर चलाएर दुर्घटना भएको देखिएको बताए ।

‘चालकलाई नियन्त्रणमा लिएका छौ,‘थप अनुसन्धानका लागी बेनी ल्याउँदैछौ’कुँवरले भने । दुर्घटनामा स्थानीय ५० बर्षिय मन बहादुर तिलिजा, ३६ बर्षकी सुकमायाँ गर्बुजा, ४१ बर्षिया देबी गर्बुजा, ३० बर्षिया ह मायाँ पुन, १२ बर्षिया तागिना गर्बुजा, ९ बर्षिया मिन्जा पुन, ९ बर्षिय आसिम पुन, ७ बर्षिय यूवी गर्बूजा, र ३ बर्षिया बर्षा सेरपुञ्जा रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते दग्नामकी ९ वर्षीया मिञ्जा पुन र ४९ वर्षीया भदेवी गर्बुजालाई एयर डाइनेस्टिको हेलीकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

Leave a Reply