समुदाय प्रहरी र प्रहरी युवा साझेदारी अभियान अन्तर्गत मंगला गाउपालिका–३, बरंजामा अवस्थित महेन्द्र रत्न माबिमा लागू औषध दुब्र्यसनी, साइवर अपराध र लैङ्िगक हिंसा सम्बन्धी स्कुल सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कर्यालय म्याग्दी र नेपाल युथ काउन्सिलको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मा लागुपर्दाथ दुब्र्यसनीको पहिचान, रोकथाम, पारिवारिक, आर्थिक तथा सामाजिक समस्याका बारेमा प्रशिक्षण दिनुभएको थियो । वर्तमान अवस्थामा स्कुले विद्यार्थी कसरी दुर्वसनीमा फसीरहेका छन ?दुर्वसनीबाट बच्न अभिभावक तथा स्कुले बिध्यार्थीहरुले के कस्ता पुर्व सावधानी अपनाउनु पर्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा प्रहरी नायब उपरीक्षक किरण जंग कुँवरले विद्यार्थीलाई साइबर अपराध तथा लागुपर्दाथ दुब्र्यसन विरुद्धको सचेतना प्रदान गर्नुभएको थियो ।
उहाँले किशोरावस्थाका बालबालिका र यूवा बढी दुब्र्यसनीमा फस्ने र साइबर अपराधमा संलग्न भएको तथ्याङ्क सार्वजनकि भइरहेको अवस्थामा ग्रामिण क्षेत्रमा दुरुपयोगको सम्भावनालाई मध्यनजर गरी प्रहरीले समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
कम्प्यूटरलाई आधार बनाएर कानुनले निषेध गरेका क्रियाकलाप गर्नु साइबर अपराध भएको उहाँको भनाई थियो । साइबर अपराध निकै चूनातीपूर्ण बन्दै गइरहेको बताउँदै साइबर अपराधमा संलग्न हुनेलाई पहिचान गर्ने आधुनिक विधि तथा संलग्नलाई कानुनी सजायका बारेमा समेत जानकारी गराइएको थियो ।
म्याग्दीमा सामाजिक सञ्जाल, मोवाईल तथा इन्टरनेटबाट ब्यक्तिगत तथा सामाजिक रुपमा हानी पु¥याउने कार्य बढ्दै गएको बताउँदै सुविधाको दुरुपयोगले सामाजिक सञ्जाल समेत असुरक्षित बन्दै गएकाले विभिन्न संघसंस्थामार्फत प्रहरीले अभियान नै सञ्चालन गरेको छ । कार्यक्रमको अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष कबिन्द्र रोकाले गर्नुभएको थियो भने नेपाल युथ काउन्सीलका सदस्य हरी कँडेल,महेन्द्र रत्न माबिका प्रध्यानाध्यापक कृष्णलाल सापकोटाले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा महेन्द्र रत्न माबिमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीले सचेतना मुलक कार्यक्रमले दुब्र्यसनीको पहिचान र साइबर अपराधमा संलग्नलाई न्यूनिकरण गर्न सहज भएको बताएका थिए । जिल्लामा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, यूवा सञ्चाल र स्थानीय तहको सहकार्यमा समुदाय र विद्यालयस्तरमा दुब्र्यसनी विरुद्धको अभियान सञ्चालन भइरहेको छ ।