अन्तर आधारभुत विद्यालय स्तरीय दशौ बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमी बगरफाँट र जनप्रिय मावि दरबाङ प्रवेश गरेका छन् ।

बेनी आवासीय माविमा रहेको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइन खेलमा माउण्ट एभरेष्ट आवासीय माविलाई ०–१ गोल प्रहार गदैं बुद्ध एकेडेमीले फाइदलको यात्रा तय गरेको छ भने धौलागिरी मावि सिंगालाई १ का बिरुद्ध ४ गोल प्रहार गदैं दरबाङको जनप्रिय मावि फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

बेनीको खुल्ला मञ्चमा जारी प्रतियोगिताको फाइनल खेल बिहिबार विहान ८ बजेदेखि हुने विद्यालयका शिक्षक बिशाल खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिताका बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद २० हजार १११ र ११ हजार १११ रुपैया पुरस्कार, सर्वािधक गोलकर्ता, उत्कृष्ट स्टाईकर, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी, अनुशासित टिम, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम म्यानेजरलाई समेत पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले गर्नुभएको थियो भने खेलको शुभारम्भ संविधान सभाका सदस्य रेशमबहादुर बानियाँले गर्नुभएको थियो । बेनीमा अन्तर आधारभुत विद्यालय स्तरीय प्रतियोगितामा बेनी बोर्डिङ कप निकै लोकप्रिय छ ।

Leave a Reply