जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ६ रायखोरमा रूखबाट लडेर एक यूवा गम्भीर घाईते भएका छन् । सोमबार रायखोरको जंगलमा रुखमा घाँस काट्न चढेका अन्दाजी ३५ बर्षिय प्रेम शेरपुञ्जा लडेर घाईते भएको अवस्थामा उद्धार गरिएको छ । रुखबाट लडेर गम्भीर घाइते अवस्थामा भेटिएका शेरपुञ्जाको हेलिकप्टरबाट थप उपचारका लागी पोखरास्थित मणिपाल अस्पतालमा लगिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार लडेर खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा हेलिकप्टरमार्फत थप उपचारका लागि पठाइएको बताए ।‘तत्कालै स्थानीयले खवर गरेपछि पुगेको हेलिकप्टर बाख्लो हिउँका कारण ल्याण्ड गर्न सकेन,‘करिव आधाघण्टाको प्रयासपछि घाईतेको उद्धार भयो’ भण्डारीले भने ।

फिस्टेल हेलिकप्टर रायखोर आसपासकाको क्षेत्रमा पटकटपक ल्याण्डिक भएपछि मात्रै घटना भएको स्थानसम्म पुगेको थियो । उनले सडक सञ्जालबाट उपचारमा लैजादाँ ज्यानको जोखिमलाई मध्यनजर गरी घाईतेका आफन्तले खर्च गर्ने गरी हेलिकप्टरको ब्यवस्था गरिएको बताए ।

भौगोलिक रुपमै विकट पाखापानी तथा आसपासका क्षेत्रमा गम्भीर घाईते अवस्थाका बिरामीले बेनीहुदै पोखरा पु¥याउँदा ज्यानकै जोखिम हुनेभएपछि हेलिकप्टरमार्फत उपचार गर्नुपर्ने बाध्यता रहेको छ । दुर्घटनामा गम्भीर घाईते भएमा ब्यक्तिगत तथा गाउँपालिकाको आपतकालिन् उद्धार कोषबाट समेत केही सहयोग गर्ने सकिन्छ । नेपाली हेलिकप्टर कम्पनीमा दुईजना क्याप्टेन म्याग्दीकै रहेकाले ब्यस्त समयमा समेत आपतकालिन् उद्धारमा सहज हुने गरेको छ ।

Leave a Reply