सन् २००७, सायद दशैं तिहारको सेरोफेरो थियो होला । बाग्लुङ्गबाट अर्जुन घिमिरे लायन्स क्लब गठन गर्न भनी म्याग्दी आउनुभयो । लायन्सको बारेमा सामान्य छलफल गरी फर्कनुभयो । लायन्सको डाइरेक्ट्री हेरें । ध्वजाको अभिवादन अनि लोगोको तल हामी सेवा गछौं भनी लेखिएको पाएँ । राष्ट्रियता र सेवा दुवै जोडिएको त्यसैले बेनीबजारका केही साथीहरुलाई खबर गरी लायन्स क्लब खोल्ने निर्णय ग¥यौं । क्लब त खोल्यौं तर केही वर्ष निरन्तरता दिन अत्यन्त कठिन भयो ।

केही साथीहरुले क्लबको स्थायीत्वको लागि खेल्नुभएको भूमिका ज्यादै महत्वपूर्ण छ । अहिले बेनी र म्याग्दीमा ९ वटा क्लबहरु छन् । हामीले खोलेका क्लबका संख्या २७ वटा पुगेका छन् । साँच्चै यो कुरा हामीले आजभन्दा १२ वर्ष अगाडि सोचेका समेत थिएनौं । सेवाको क्षेत्रमा यी क्लबहरुले पु¥याएको योगदान गणना गर्दा त्यो पनि विश्वसनीय लाग्दैन । खानेपानी, हेल्थपोष्ट भवन निर्माण, विद्यालय भवन निर्माण, पुस्तकालयहरु स्थापना लगायतका करिब ७ करोड मूल्य भन्दा बढीको स्थायी संरचना यस जिल्लामा निर्माण भइसकेको छ ।

विपदमा सबैभन्दा पहिला यहाँका लायन्सहरु पुग्दछन् । विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन लगायतका कामहरुमा सबभन्दा पहिला मानिसहरुले आशा गर्ने संस्थाको रुपमा विकास भएको छ । हालसम्म जिल्लामा १६०० भन्दा बढीको निःशुल्क मोतियाबिन्दुको अपरेशन गरिसकिएको छ । धेरै मानिसहरुले रोजगारका लागि सीपमूलक तालिम लिएका छन् । अस्पतालहरुमा उपकरणहरु सहयोग गरिएको छ ।

धेरै विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेका छन् । सयौं बिरुवाहरु रोपिएका छन् । सयौं प्वाइन्ट रगत संकलन भएको छ । यी सबै सेवाका कामहरुमा लायन्स सदस्यको हैसियतले योगदान पु¥याउन पाउँदा म्याग्दी र बेनीका लायन्सहरुको शिर उँचो भएको छ । यस्तो इतिहास बोकेको म्याग्देली लायन्स सायदै अब मर्ने छैनन् र जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने नारालाई अवश्य निरन्तरता दिनेछन् ।

लायन्स साथीहरुको व्यवसाय वृद्धि, साथीत्वको भावना समेत बढेर गएको छ । एउटा लायन्सलाई दुःख पर्दा अर्को लायन्स मल्हम लगाउन पुग्दछ, जुन म आफैले मेरो दुःखमा लायन्स साथीहरुले खेल्नुभएको भूमिका महसुस गर्न सक्दछु । त्यसैले तपाईं म्याग्देली लायन्स साथीहरु महान हुनुहुन्छ । नेतृत्व विकासको क्षेत्रमा समेत थुप्रै लायन्स लिडरहरु म्याग्दीमा जन्मनुभएको छ । उहाँहरुको लायनवादको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने इच्छाशक्ति उच्च देख्दछु ।

डिष्ट्रिक्टको हरेक कार्यक्रममा सकारात्मक सहयोग पु¥याउनुपर्दछ भन्ने सोच यहाँको लायन्समा छ । डिष्ट्रिक्टबाट पनि प्रायः सबै वर्ष म्याग्दीलाई माया गरेको, सहयोग गरेको हामी पाउँदछौं । जिल्लामा गरिने कार्यक्रमहरु यहाँका अरु संघसंस्थाहरुको लागि उदाहरण बन्दै आएको छ ।

आफूले अध्ययन गरेको विद्यालय गलेश्वर माविमा र किसानी मावि बिम जहाँ प्राविधिक विषयको अध्यापन गराइन्छ, त्यहाँ विद्यालय भवनका लागि लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनको सहयोग प्राप्त भयो । त्यसैले एउटा लायन्स अभियन्ताको नाताले म यहाँका अन्य लायन्स सदस्यहरु जसले अप्ठ्यारो पर्दा समेत फरक कुरा नगरी गर्नुभएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।

म्याग्देली लायन्स नमूना बनौं । सेवाको क्षेत्रमा अझै योगदान पु¥याऔं । डिष्ट्रिक्टको नेतृत्व गर्ने सुनौलो अवसर हामीलाई मिलोस्, डिष्ट्रिक्टसँग हालसम्म भैरहेको सुमधुर सम्बन्धको निरन्तरता रहिरहोस् र म्याग्देली लायन्सहरुबाट नेता उत्पादन गर्न सकौं, सेवाको क्षेत्रमा थप योगदान पु¥याउन सकौं र साथीत्वको भावनालाई निरन्तरता दिन सकौं । यही कुरामा यहाँ हाल भैरहेका लायन्स क्लबहरुको सुरुवात गर्ने व्यक्ति र बेनी म्याग्दीको संस्थापक अध्यक्ष हुनुमा गर्व गर्दछु । जय लायनवाद ! लायन चन्द्रकुमार केसी/ डिष्ट्रिक्ट कोचिफ एडभाइजर

Leave a Reply