म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबार करसम्बन्धी शिक्षा कार्यक्रम भएको छ । मालिका गाउँपालिकाको आयोजनामा म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ इकाईको समन्वय तथा आन्तरीक राजस्व कार्यालय बागलुङको प्राविधिक सहयोगमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको थियो । कर शिक्षा कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले कर तिर्नु नागरिकको दायीत्व भएको बताउनुभयो ।

कर प्रणालीको कानुनलाई सरल र जनताले बुझ्ने खालको हुनुपर्ने उपाध्यक्ष विटालुको भनाई छ । उक्त कार्यक्रम आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत हेमराज सुबेदी, कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका कोष नियन्त्रक चन्द्रशेखर सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले कर शिक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।

देशमा संघीयता कार्यान्वयनसँगै आएको नयाँ करनीति, स्थानीय तह, प्रदेश तथा केन्द्रीय करलगायत कर शिक्षासँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो । सरकारले ल्याएको कर प्रणाली अत्यन्तै सरल छ भएपनि ब्यवसायीले झन्झट महसुस मात्रै गरेको बताउँदै प्रशिक्षकले खरिद र बिक्रिको हिसाब किताव राम्रो सगँ राखेर आएको फाइदाको कर तिर्न झन्झट मान्न नहुने बताइएको थियो ।

उद्योग वाणिज्य संघ, दरबाङ इकाईका अध्यक्ष गोविन सिउँथानीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागद सदस्य रामु रिजाल र सञ्चालन गाउँपालिकाकी कर्मचारी कमला आचार्यले गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँपालिका वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदी लगायत करिव १ सय ८० जना उद्योग, ब्यापारीको सहभागिता रहेको थियो ।

Leave a Reply