महारानी क्षेत्र विकास समिति बेनी नगरपालिका–७, कुरिलाखर्क, म्याग्दीको शुक्रबार पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष अमृतदेवी बानियाँले संस्थागत, सचिव उमा रिजालले प्रगति र कोषाध्यक्ष टिका रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले धार्मिक क्षेत्रको विकास र संरक्षण गर्नुपर्ने बताएका छन् । उनले म्याग्दी जिल्लामा रहेका धार्मिक र सांस्कृतिक क्षेत्रहरुको विकास गरेर धार्मिक पर्यटन बढाउनुपर्ने बताउँदै धार्मिक क्षेत्रको विकासका लागि स्थानीय तहले ध्यान दिनुपर्ने बताए । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न पालिकामार्फत जोड दिइएको बताएकी छिन् ।

म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) किरणजंग कुँबरले मठमन्दिरमा लागूऔषध दुव्र्यसनी हुन सक्ने भएकाले यसलाई सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताए । साधारणसभामा महारानी क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ब्रह्माकुमार प्रवीण, बराहपाखो सामुदायिक वनका अध्यक्ष डम्मबहादुर बानियाँ र सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु गुरुङले मन्तव्य राखेका थिए ।

कार्यक्रम महारानी क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँको अध्यक्षता तथा स्वागत, सचिव उमा रिजालको सञ्चालन र उपाध्यक्ष लक्ष्मीकुमारी जोशीको धन्यवादमा सम्पन्न भएको थियो । निकै पुरानो तथा ऐतिहासिक मानिने महारानीथान मन्दिरमा दैनिक रुपमा पुजाआजा हुँदै आइरहेको छ ।

Leave a Reply