पर्वतको जलजला गाउँपालिकास्तरीय बक्तृत्वकला प्रतियोगितामा वारीबेनीको न्यू होराइजन आवासीय मावि प्रथम भएको छ। मल्लाज बहउद्देश्यीय सहकारी संस्था लि. को १३ औ स्थापना दिवसको अवसरमा बुधबार आयोजित प्रतियोगितामा न्यू होराइजनकी छात्रा रेजिना सुबेदी प्रथम, जनकल्याण मावि, जलजला-८ का छात्र सागर चापागाई द्धितिय, शिब मावि जलजला-८की छात्रा अर्चना खत्री तृतिय र विद्याज्योती मावि जलजला-८की छात्रा आरती दमाईले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ शिर्षक आयोजित बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने सुबेदीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सबैको सकरात्मक प्रयासबाटै सम्भव भएकाले सानो प्रयासले समृद्ध नेपाल सम्भव नभएको बताएकी थिईन् ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विजेतालाई क्रमश ३, हजार, २ हजार, १ हजार नगद सहित सम्मान गरिएको थियो । प्रतियोगितामा ७ विद्यालयको सहभागिता रहेको थियो । सहकारीका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता,हरिप्रसाद पौडेलको सञ्चालन र टेकबहादुर जिसीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

Leave a Reply