लागु औषध रोकथाम तथा नियन्त्रणको अभियानमा सक्रिया जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध सेवनकर्ता र विक्री कर्ता दुवैको सुक्ष्म अध्यान गरेको छ ।संकास्पद व्यक्तिलाई पक्राउ, सोधपुछ तथा स्वास्थ्य परीक्षणको साथै लागु औषध कारोबार हुने सम्भावित क्षेत्रको विशेष निगरानी राखेको प्रहरीलाई ‘निसीका केही व्यक्तिले चरेशको कारोबार गर्ने सुरक मिल्यो ।

त्यही सुरकको आधारमा इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गको प्रहरी टोलीले आफै चरेश किन्ने भन्दै निसीखोला गाउँपालिका–६ सिप रिनुवा बस्ने २५ वर्षिय रामबहादुर साहुथोकीलाई सम्पर्क ग¥यो ।प्रहरी नै खरिद कर्ता हो भन्ने अड्कल काट्न चुकेका साहुथोकीले खरिदको लागि निसीमा बोलाए । खरिद कर्ता बनेको प्रहरी सम्बन्धी ठाउँमा पुगे पछि रामबहादुरले चरेश भएको ठाउँ निसी–६ सिप रिनुवा बस्ने ३० वर्षिय भागीमला बुढाको होटलमा पु¥याए ।

पाँच केजी चरेश भएको ठाउँमा पुगेर पैसाको लेनदेन हुँदै गर्दा प्रहरीले दुवै जनालाई मंसिर २० गते साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ ।उनीहरुलाई जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एपी) नवराज भट्टले जानकारी दिनुभयो । प्रहरीका अनुसार बरामद भएको चरेश गुल्मीबाट भागीमलाले किनेर ल्याएकी थिईन ।

रुकुमबाट ३५ हजार रुपैयाँ किलोमा किनेको चरेश आफुहरुले प्रतिकिलो ४० हजार रुपैयाँमा विक्री गर्ने तयारी गरेको पक्राउ पर्ने बुढाले स्वीकार गर्नुभएको छ । उनीहरु विरुद्ध लागु औषध चरेश विरुद्धको मुद्दा दर्ता गरिएको छ ।
पक्राउ पर्नेहरुको अन्य सम्पर्क सुत्र मोवाईल सिंगलबाट अनुसन्धान हुने प्रहरीले बताएको छ ।

लागु औषध सेवक तथा विक्री वितरण नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको छ । युवा विद्यार्थी लागु औषधको कुलतमा फसेको गुनासो पछि प्रहरीले विद्यालय– विद्यालय पुगेर प्रशिक्षण तथा लागु औषध किट प्रयोगले स्वास्थ्य (पिसाव) परीक्षणको अभियान नै चलाएको छ ।प्रहरी प्रमुख नवराज भट्टका अुनसार बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी माविका ६ जना विद्यार्थीको पिसाव परीक्षण गर्दा ६ जनाले नै लागु औषध सेवन गरेको भेटिएको थियो ।

त्यस्तै, बागलुङ नगरपालिकाको लहरेपिपलमा २० मध्ये ५ र ताराखोला गाउँपालिकाको नेपाल मावि तारामा २५ विद्यार्थीमा गरिएको परीक्षणमा ५ जना विद्यार्थीले लागु औषध सेवन गरेको पुष्टि भएको थियो ।जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको प्रहरीले विद्यालय प्रशासनबाट आवश्यक सहयोग प्राप्त नभएको प्रहरी प्रमुख एपी भट्टले गुनासो गरे । ‘हामीले नयाँ प्रयोगकर्तालाई कुलतमा फस्नबाट जोगाउने प्रयास गरेको हो उहाँले भन्नुभयो– विद्यालय प्रशासनले व्यवसायिक दृष्टीले मूल्याकन गर्दा सहयोग पाउन सकिएन ।’ Source:khabarway.com

Leave a Reply