विश्व मधुमेह दिवसको अवसर पारेर आगामी बिहिबार बेनी अस्पतालले मधुमेह(सुगर) को निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । मधुमेह रोग बिरुद्धको जनचेतनामुल तथा निशुल्क शिविर सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लामा जनचेतनाको अभाव र नियमित औषधीको सेवन गर्नुपर्ने विरामीले समेत लापरवाही गरेको देखिएकाले निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताए ।

’विशेषगरी, ५० प्रतिशत मधुमेह रोग वंशाणुगत कारणले हुने भएकोले यसमा विरामी मात्र नभएर परिवार पनि सचेत हुनु पर्ने चिकित्सकको भनाई छ । रगतमा चिनीको मात्राको परिक्षणसँगै चिकित्सकले मधुमेह रोगको न्यूनिकरणका लागि जीवनशैलीमा समेत ध्यान दिनुपर्ने भएकाले सम्पूर्ण जानकारी गराइने छ ।

The Centers for Disease Control and Prevention estimates that 86 million Americans over age 20 have abnormal blood sugar levels. Over the long run, that can seriously damage the eyes, nerves, kidneys and blood vessels.

‘परिवारका कुनै एक सदस्यलाई मधुमेह भएमा परिवारका अन्य सदस्यलाई पनि मधुमेह हुने सम्भावना उच्च हुन्छ । यसको न्युनीकरण तथा नियन्त्रणका लागि समाज र परिवारजनको ठूलो भूमिका रहने भएकोले अस्पतालले सन्देशमुलक कार्यक्रम समेत गर्ने तयारी गरेको छ । आगामी बिहिबार दिवसको अवसरमा विविध कार्यक्रम सहित शिविरको तयारी पुरा भएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । उनले अस्पतालमा बिरामीलाई लक्षित गरी नयाँ सेवा थप गरिएको छ । अस्पतालले अन्य जटिल समस्याका बिरामीलाई समय समयमा नियमित चेकजाँच बाहेक शिविरमार्फत समेत सेवा दिने जनाएको छ ।

Leave a Reply