नकुल ढकाल/बा बिरामी हुनुहुन्थ्यो, त्यसैले दुध पुराउन म सहर झरेँ, जब कथित दलितको घरमा पुगेँ, अनी आफुलाइ असली दलित सम्झिय, सोहि बिषयमा रहेर आज म यो लेख लेख्दै छु । अब जोडौँ प्रसङ्ग, दुध पुराउने कामले एउटा घर पुगे, घर दलितको थियो, कहाँ टायल बिच्छ्यायको चिल्लो भुइँ, कहाँ मेरा धुलो मैलो टासियको फाटेका चप्पल लगायको खुट्टा, गेट भित्र छिर्न समेत मलाइ अफ्ट्यारो लाग्यो ।

चप्पल मैले गेट भन्दा बाहिरै राखे, गेट भित्रको दृश्यले मेरा मैला चप्पल भित्र लग्ने अनुमती नै दियन, त्यस्पछी चप्पल काढ्दै फुटेका खुट्टा लतार्दै म तेश्रो तलामा पुगे । भान्सा कोठा भित्र नियालेर हेरेँ, चिटिक्क परेको सफा भान्सा, भाँडा दोकानमा जस्तै गरि सजाइयका दराजमा चरेसका भाँडा कुँडाहरु ।

मैले हाम्रो भान्सा सम्झिय, अनि हाम्ले पकाउने खाने भाँडा सम्झिय, सबै कुरा नियाली सक्दा सम्म दुध खनायाइ सकेको थिय । साहुनिले चिया पकाउनु भयको रहेछ, मलाइ चिया खानी बाबु भनेर सोध्नु भो, मैले सहमती मै टाउको हल्लाय, कालो चिया पाकिसकेको थियो, मलाइ पटक्कै मन नपर्ने चिया, तै पनि बिहानको समय जस्तो चिया भय पनि खाइदिउ न ।

चिया पिइसकेपछी मलाइ अफ्ट्यारो पर्यो, गिलास आफै माझौँ की छोडौँ ? फेरि छोड्दा गाली गर्लान ? झलक्क सम्झिय, बा हजुरबाले दलितलाइ चिया, खाना, खान दियर भाँडा माझ्न लगायको, सुन पानी वा आगो झ्वाइय पारेर चोखायको, आज मलाइ पनि त्यसै पो गर्ने हुन की ?

म मैलो, धुलो, सोझो, गरिब किसान, उनिहरु ब्यापारी, धनी, सहरिया, शिक्षित, सफा, म जातले मात्रको बाहुन, तर उनिहरु जात मात्रले दलित बाँकी सबै उल्टो । के भो बाबु ? महिला आवाजले झस्काइदियो, साहुनीले दियको आवाज थियो, म आफुलाइ सम्हाल्दै इशाराले हातको गिलास देखाय, राख बाबु राख, त्यही राख म माझ्छु अहिले, कैद मुक्त अपराधी जस्तै भयो मन हलुङ्गो ।

दुधको सिल्टेको ठेकी हातमा बोकेर म झरे भुइतला तिर, मेरो मनमा अनेक कुराहरु खेले, गाउँमा त ठुलो जात र सानो जात भन्थे, छुवाछुत पनि त्यसैको आधारमा गर्थे, तर यो सहरमा त धनी र गरिब बिचमा छुवाछुत र बिभेद हुदोरहेछ कि कसो ? अनेक कुराको पसल थापेर म घर पुगे, बा ले भन्नु भो दुध सबैलाइ पुराइस ? मैले टाउको हल्लाय, उकालो हिडाइको थकाइ महसुस गर्दै सुस्केरा हालेँ र बा तिर फर्के । बा लाइ सबै घाटना सुनायँ, बा खिस्स हासे जस्तो अर्नु भो अनी मुन्टो बटार्दै भन्नु भो, उन्का छोरा त एउटा अधिकृत छन कोटाबाट जागिर खाका हुन के रे, एउटा अमेरिका छन क्यार एउटा त्यही दोकान समालेर बसेका छन ।

बा को कुरो सकियपछि म आफ्नै बिगत सम्झिन थाले, लोक सेवाको परिक्षामा ७५% त मैले पनि ल्यायको थिय तर म भन्दा पनि खप्पिस हरुले मलाइ लडाय, सरकारी जागिर पाइयन, बिदेश जान पनि सकियको छैन, अब एहि कृषी पेशा धानेर बसौकी जस्तो लाग्छ कहिले काहीं । तर मैले एहि पेशा अप्नाय भने मँ सङ्ग आजका जस्ता घटना दिनहु घट्ने छन, मैले सामना गर्न पर्ने छ, तेरा पुर्खाले हामिलाइ दियको सजायँको पाप आज तैले बोक्दै छस र तिर्दै छस तर कहिलै सकिन्न तेरो जातले हामिलाइ दियको पिडाको क्षतिपूर्ति ।

आज सोच्दै छु के मेरो पुर्खाले बाहुन, ठुलो जात भयको आधारमा राज्यबाट पनि आर्थिक भौतिक फाइदा लुटे होलान की, त्यही दलितलाइ उता जा उता जा छोइयो एहा न आ भनेर मात्रै बसे होलान ? मैले माथी लेखे जस्तो गाउँ घरमा अल्लि छैन, अझ देशका अबिकशित कुना कन्तरा दुर्गम बस्तिमा त जात कै आधारमा दलितहरुलाइ अझै दिशा कोचाउने कपाल मुन्डन गर्ने घटना दिनहुँ देख्न पाइन्छ, मन्दिरमा समेत पुजागर्न अनुमती दिइदैन ।

मेरो मनमा खेलेका कुराले बा ले भने जस्तो त्यो कोटाको हाकिममा नजर पुग्यो, जातको आधारमा कोटाबाट जागिर खाने ति हाकिमले आफ्नो जातियताको आधारमा समाजबाट बहिस्कार हुने र पिडा पाउनेहरुका लागी के आवान उठायका होलान त ? छैन्न भने के यो नंया ब्यबस्थाको फाइदा तिनै हाकिम र हाकिमका परिवार अनि उन्कै हैसियत बराबरकालाइ मात्रै हो ? जातियताको आधारमा बनेका एन जि ओ, आइ एन जि ओ, सम्बन्धीत सरकारी निकाय त्यही कोटावाला हाकुमको घर सम्म मात्र पुगेर फर्कन्छन, त्यो भन्दा उता उनिहरुको नजरमा कुनै बस्ती नै छैन गाउँ नै छैन र मान्छेहरुनै बस्दैन्न, बसे पनि त्यहाँ दलित अबस्य भेटिन्न ।

मैले सानोमै सुनेको, को मर को मर किचक मर, यो भनाइ पनि निकै सान्दर्भिक लाग्यो, बास्तबमा जस्ले जे गर्न पर्ने हो त्यो गरेको छैन, जस्ले जे गर्न नहुने हो त्यो गदै आइरहेको छ, त्यसैले मुलुक बिश्वकै गरिब र लाचारको सुचिमा सिमित छ ।

आज मैले बा ले गर्ने काम गरेँ र नंया कुरा थाहा पाय, मलाइ त एति पिडा भयो भने मेरो बा त झन कछाड बाधेर दुध पुराउन खाली खुट्टा बजार कुद्नुहुन्छ, बा लाइ कति बिभेद हुन्छ होला बजारमा ? आज थाहा पायँ दलित भित्र पनि बाहुन हुँदा रचन र बाहुन भित्र पनि दलित हुँदा रचन जस्मा म बाहुन भित्रको दलित परेछु, तर दुनिया र राज्यको नजरमा भने म एक सामान्ती सोशक बाहुन मात्र हुँ ।

Leave a Reply