बीएसआर गु्रपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको  मल्टिप्लेक्स  सञ्चालनमा आएको छ ।
काठमाडौंको गोगंबुमा रहेको बिजी मल निर्माण गर्ने समुहले नै बागलुङमा ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बीएसआर मुभिज् निर्माण गरेको हो । बीएसआर मुभिज्मा २ वटा हलहरु रहेका छन् । २०० र २२६ वटा आरामदायी सिटसहितका हलहरु रहेको  मल्टिप्लेक्सभित्र कफीसप, रेष्टुरेन्ट पनि रहेको छ ।

पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले अत्याधुनिक सुविधासहितको  मल्टिप्लेक्स  सञ्चालनमा ल्याएको हो ।  एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपासका क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर गु्रपले जनाएको छ ।

बीएसआर गु्रपले मुभिको आफ्नै ब्राण्डलाई चेनको रुपमा फैलाउने योजनाअनुसार बीएसआर नेटवर्कलाई अगाडी बढाएको छ । काठमाडौंको बिजी मलपछि बीएसआरको दोस्रो शाखाको रुपमा बागलुङमा सञ्चालनमा आएको हो ।

ग्रुपका कार्यकारी निर्देशक राजु गिरीले बागलुङमा सञ्चालनमा आएको  मल्टिप्लेक्सले यस क्षेत्रका दर्शकका लागि नयाँ सुविधा र गन्तव्य थपिएको बताए । ‘सानो सहरमा मल्टिप्लेक्स खुल्नु नेपाली चलचित्रका लागि पनि राम्रो हो,’ उनले भने । दर्शकका रुचिअनुसार नेपाली, हिन्दी र अँग्रेजी चलचित्र सञ्चालन गर्ने उनले बताए । Source:capitalnepal.com

Leave a Reply