मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन पराउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरामीहरुलाई अनार बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा असक्त तथा बिरामीहरुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ ।

अनारको जुसले कलेजोको रक्षा मात्र गर्दैन मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । यसको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ । चाउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ । नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

अनारले किड्नीको फिल्टर प्रक्रियालाई रक्षा गर्छ । फिल्टर प्रक्रियाले शरिरबाट हानिकार बिकार फाल्ने काम गर्छ । ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ । अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ । अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।

अनारको पातको पनि फाइदा हुने अध्ययनले पत्ता लगाइसकेका छन् । एक नया रिसर्चका अनुसार अनारले मात्र नभई अनारको हरियो पात पनि फाइदाजनक मानिन्छ ।अनारको हरियो पातको पेस्ट लगाउनाले अनुहार स्वस्थ देखिन्छ । आउनुहोस जानौं अनारको हरियो पत्ताले हामीलाई कसरी फाइदा दिने गर्छ ।

तपाई आफनो अनुहारमा आएको डन्डिफोरले दुखित हुनुहुन्छ भने अनारको हरियो पत्ताको पेस्ट लगाउनाले यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यस बाहेक अनारको दानालाई मसिनो गरि पिधेर अनुहारमा लगाउन सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अनुहार सफा र चम्कीलो हुन जान्छ । अनारले अनुहारको छालामा रहेका स साना कोषहरुलाई बचाइ राख्न मद्धत गर्छ । जसले तपाई सधै युवा देखिन सक्नुहुन्छ । अनारको तेलले अनुहारलाई पौष्टिकता प्रदान गरेर अनुहारमा चमक ल्याउछ । Source:News24nepal.tv

Leave a Reply