एजेन्सी । पछिल्लो समय बजारमा निकै चर्चा कमाएको इलेक्ट्रिक चुरोट (विद्युतीय चुरोट)ले स्वास्थ्यलाई निकै उच्च जोखिममा पारेको देखिएको छ । अमेरिकी सरकारले विभिन्न किसिमका सुगन्ध दिने यस्ता खाले चुरोटलाई प्रतिबन्धसमेत गरिसकेको छ ।

अमेरिका सबैभन्दा बढी चल्तीमा रहेको ई–चुरोट फोक्सोका लागि निकै घातक भएको देखिएको हो । ई–चुरोट प्रयोग गर्ने व्यक्तिहरुमा भिन्ना भिन्नै किसिमका फोक्सो सम्बिन्धि कमजोरीहरु देखिन थालेका छन् । यस्ता चुरोट प्रयोग गर्ने धेरैले आफूहरुलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको समस्या देखाउने गरेका छन् । अमेरिकाको जर्नीगाँउका एक युवक एडम हर्जेनडरको १८ वर्षको उमेरमै फोक्सो भने ७० वर्षीय वृद्धको जस्तै बनेको छ । फोक्सोको कमजोरीका कारण अस्पताल भर्ना भएको उनको फोक्सोमा देखिएको समस्याबारे डाक्टरले उनलाई भनेका थिए ।

उनले ई–चुरोट प्रयोग गर्न थालेको करिब १ वर्ष ५-६ महिना मात्रै भएको बताएका छन् । यति छोटो समयमै आफुले त्यति सानो चीजले आफ्नो फोक्सोको नाश गरेको कुरा पत्याउनै नसकेको उनले भनेका छन् ।

अमेरिकामा सुगन्धित ई–चुरोट पिउनेमा स्कुल-कलेजका विद्यार्थीहरु एवं युवाहरुको संख्या बढी रहेको अमेरिकी स्वास्थ्य र मानव सेवाका सचिव एलेक्स आजारले बताएका छन् । स्वास्थ्यका लागि निकै हानिकारक देखिएपछि अमेरिकाले तम्बाबु सुगन्धबाहेकका सुगन्धदिने यस्ता चुरोट बन्दा गर्न निर्देशन गरेको हो ।

कुस्ती खेलाडी एडम आफ्नो फोक्सो पहिलाकै अवस्थामा आउने कुरामा ढुक्क नभएको बताउछन् । उनी अब आफु पहिलाको जस्तै कुस्ती खेल्न नसक्ने डरसमेत लागेको बताउँछन् ।

यस्ता चुरोट प्रयोग गरेर देखिएको समस्याका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको समेत अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ ।  बच्चाहरूको लागि आकर्षक बनेको स्वादयुक्त ई-सिगरेट उत्पादनहरूका बिरुद्द चाँडो कार्य गर्नु पर्ने उनीहरुको भनाइ छ ।

एडमले आफुले सुरुमा आँपको स्वाद भएको ई–चुरोट प्रयोग गरेको र यो चुरोट जस्तो नभएर मिठो भएका कारण खान थालेको बताए । उनले आफुलाई निकै गाह्रे भएर बान्ता समेत हुन थालेपछि बाल रोग विशेषज्ञमा गएको बताए । तर आफ्नो लक्षणबारे कसैले पनि यकिन गर्न नसकेको उनले बताए । धेरै डाक्टरहरु कहाँ गइसकेका उनलाई एक जना डाक्टरले ई–चुरोट प्रयोगबारे सोधेका थिए ।

उनले आफुले त्यसको प्रयोग गर्दै आएको बताएपछि उनको सीटि स्केन गरिएको थियो । उनको फोक्सो पुर्ण रुपमा खराब भएको एक्सरे रिर्पोटमा समेत देखिएपछि उनी अहिले उपचाररत छन् । ‘आफुले ई–चुरोट प्रयोग शरिरका लागि घातक भएको थाहा पाएको भए त्यसलाई कहिले नछुने थिएन’ उनले भनेका छन् ।

 e-cigarette

र्आसनल ग्यास प्रयोग हुने यी चुरोटहरु तान्दा इलेक्ट्रिसिटीको माध्यमबाट यसमा रहेको तरल घोल तोतेर वाफिलो धुवाँमा परिणत हुन्छ । चाहिए अनुसारका सुगन्ध राखेर यस्लाई झनै आर्कषक बनाइन्छ । यसरी बन्ने ई–चुरोटलाई भेपोराइजर(भेप) भनेर पनि भनिन्छ। यस्को प्रयोगलाई भेपिंग भनेर बुझिन्छ

असर

अमेरिका बाहेक अन्यदेशहरुमा समेत यसको प्रयोग निकै भएको देखिन्छ । शरिरका लागि एकदमै हानिकारक देखिएका कारण यस्ता ई–चुरोटको प्रयोग नगर्न स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन् ।

Leave a Reply