आँखाको शक्ती बढाउनको लागि हरियो सागपात र फलफूल खानु राम्रो हुन्छ । तर यदि आँखा कमजोर हुँदै गएका छन् भने खाना संगै आँखाको अभ्यास पनि गर्नुपर्छ।आँखाको शक्ति बढाउने अभ्यास गर्नको लागि मैनबत्ती तरिका सबैभन्दा उपयुक्त मानिन्छ । यसको लागि मनिबत्ति बालेर त्यसलाई एक ठाउँमा राख्नुपर्छ ।

त्यसपछि आफू डेढ देखि दुई फिटको दुरीमा बस्नुपर्छ । मैनबत्तिलाई आफ्ना सिधा आँखाले मैनबत्तिकै आगोमा केन्द्रित भएर आँखा नझिम्काई हेर्नुपर्छ। यसरि हेर्दा आँखाबाट आँशु नझरुञ्जेल एकटकले हेर्नुपर्छ । यो अभ्यास हरेक दिन दुई देखि तीन पटक सम्म गर्नाले आँखाको शक्ती बढ्छ।

आँखाको लागि अर्को राम्रो अभ्यास भनेको पेन्सिल अभ्यास पनि हो । पेन्सिल आफ्नो हातमा लिनुहोस् र आँखा देखि केहि पर राख्नुहोस्। त्यसको टुप्पोमा एकटकले हेर्नुहोस् । त्यसपछि पेन्सिललाई आँखाको नजिक नजिक ल्याउँदै जानुहोस् र धमिलो देखुन्जेल सम्म नजिक ल्याउनुहोस् । यो अभ्यासले तपाईंको आँखालाई तेज बनाउनुका साथै दिमागको एकाग्रता शक्तिलाई पनि बढाइदिन्छ।

परको वस्तु हेर्ने शक्तिको लागि आफ्नो औंला प्रयोग गरेर अभ्यास गर्न सक्नुहुन्छ । यसको लागि आफ्नो हातको एउटा औंला आँखा देखि सिधा, राख्नुहोस् । अब केही परको कुनै वस्तु हेर्नुहोस् । त्यसपछि फेरी आफ्नो औंला हेर्नुहोस् । छिटो-छिटो आफ्नो हातको औंला र परको वस्तु हेर्ने अभ्यास हेर्ने गरिराख्नुहोस् । यसले परको वस्तु हेर्ने तपाईंको शक्ति बढ्छ भने दिमाग पनि तीक्ष्ण बन्छ।

थप जानकारीः

आँखा किन सुख्खा हुन्छ ? उपचार के छ ?

कम्प्युटर, ल्यापटप, मोवाइलको स्किनमा धेरै समय हेरिन्छ । यसको सोझो प्रभाव आँखामा पर्छ । यस्ता आधुनिक उपकरणको बढ्दो प्रयोगले आँखाको ज्योति नष्ट गरिरहेको छ । वायु प्रदूषणले पनि आँखामा क्षति पुर्‍याउँछ ।

यावत् कारणले धेरैको आँखा कमजोर हुँदैछ । खासगरी आँखा सुख्खा हुने समस्या आम रुपमा बढ्दै गएको पाइन्छ । यसरी आँखा सुख्खा हुनुलाई ‘ड्राई आई सिन्ड्रोम’ भनिन्छ । आँखा सुख्खा भएमा आँखाबाट आशुको उत्पादन कम हुने तथा आँखाबाट आशु बग्न कम हुने गर्दछ ।

कसरी थाहा पाउने ?

-आँखा सुख्खा हुनु

-आँखामा खुजली हुनु, चिलाउनु

-आँखामा केही विझेको महसुस हुनु

-बिना कारण आँखाबाट पानी निस्कनु

-बिना कारण आँखामा थकान वा सूजन महसुस हुनु
आँखा सानो हुनु

किन हुन्छ सुख्खा ?

आयु ५० वर्ष भन्दा माथि हुनु

उमेर बढेसँगै आँखाको समस्या पनि बढ्ने गर्छ । बढ्दो उमेरकै कारण आसुको उत्पादनमा समेत कमी आउने गर्छ । विशेषगरी , ५० वर्ष माथि आयु भएका मानिसहरुको आँखाबाट आशुको उत्पादन कम हुने गर्छ । जसका कारण आँखा सुख्खा हुने गर्छ ।

रजोनिवृतोत्तर

महिलाहरुमा महिनावारी रोकिएसँगै आँखा सम्बन्धि विभिन्न समस्या देखा पर्ने गर्दछ । जसमध्ये आँखा सुख्खा हुने समस्या पनि एक हो । महिनावारी सुकेपश्चात्त महिलाहरुमा आउने हर्मोनल गडबडीका कारण पनि यस्तो समस्या देखिने गर्छ ।

स्वास्थ्य सम्बन्धि समस्या

मधुमेह, उच्च रक्तचाप, थाइराइड ,भिटामिन ‘ए’को कमी लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न समस्याका कारण पनि आँखा सुख्खा हुने गर्छ ।

लेजर विधिका कारण

रिफरेक्टिभ आई सर्जरी लगायतका लेजर प्रविधिद्धारा आँखामा गरिने शल्यकि्रयाका कारण पनि आँखा सुख्खा हुने समस्या उत्पन्न हुने गर्छ । तर यस्ता प्रविधिका कारण आँखा सुख्खा हुने समस्या भने अस्थायी हुने गर्छ ।

आशु ग्रन्थीमा क्षति भएमा

सुजन तथा विकिरणका आसु नलीमा पुगेको क्षतिका कारण पनि आखा सुख्खा हुने गर्छ । जसले गर्दा उक्त नलीबाट आशु स्वत कम बग्ने गर्छ ।

परेला सम्बन्धि समस्या

लगातार आँखा झिम्क्याउने गर्नाले आँखाको सतहमा आसुको पातलो सतह बन्ने गर्दछ । तर यदी आँखा झिम्क्याउँदा वा परेला झिम्क्याउदा कुनै समस्या भएको खण्डमा आसु फैलिएर उक्त सतहमा आसुको पातलो सतह बनाउन सक्दैन ।जसका कारण आँखा सुख्खा हुने गर्दछ । Source: mygyanbigyan.com

Leave a Reply