नविन जुग्जाली/ सफल र असफल भन्ने कुरा नै हुँदैन । यो केवल उन्नतिका केही मापनहरुलाई आधार मानी मान्छेहरुले सफलता र असफलताको दर्जा दिँदै गयो र यसैलाई मनुष्यले कहिल्यै नमेटिने गरी अमिट मान्यता बनाउँदै गयो । यही मान्यताका कारण जिन्दगीमा आफूलई सफल मान्नेहरु हर्ष उन्मादमा मात्तिँदै गए, हौसिँदै गए, एकपछि अर्को उन्नति गर्दै गए । एक किसिमको सकारात्मक उर्जा थपिँदै गयो ।

जसले गर्दा मान्छे आफ्नो लक्ष्यमा पुग्नका निमित्त सकारात्मक प्रेरणा मिल्दै गयो र अर्काथरी जो आफूलाई असफल मान्नेहरु आफ्नो असफलतासँगै अत्तालिँदै गए, निराश हुँदै गए, पीडा सहन नसक्नेहरु, दुव्यर्सनमा फस्दै गए, नशा र कुसंगतमा फस्दै गए र आफूलाई सम्हाल्नै नसक्नेहरु आत्महत्याको बाटो रोज्दै गए । आखिर यी सब मान्यताका कारणले मानवको जिन्दगीमा फरक पार्दै गयो । यसै प्रकारले मान्छेको मनोविज्ञानमा पनि केही असर पर्न गएको देखिन्छ ।

जस्तै आफूलाई सफल मान्छेहरुको मनोविज्ञान दिनप्रतिदिन सबल हुँदै गयो र आफूलाई असफलता मान्नेहरुको मनोविज्ञान दिनप्रतिदिन निर्बल हुँदै गयो । यसो हुँदै जाँदा सबल मनोविज्ञानका मान्छेहरु आवाद हुँदै गए र निर्बल मनोविज्ञानका मान्छेहरु बर्बाद हुँदै गए । सबल मनोविज्ञानले प्रगतिशिल जिन्दगी दिँदै गयो । निर्बल मनोविज्ञानले मान्छेको जिन्दगी लिँदै गयो । यसकारण संसारमा यही मान्यताले कसैलाई उत्कृष्टको उपाधि दियो कसैलाई निकृष्टको छाप लगायो । वास्तवमा उत्कृष्ट र निकृष्ट भन्ने कुरा नै हुँदैन किनकी संसारमा सफल हुनेहरु पनि आफ्नो जिन्दगीमा असफल छन् र संसारमा असफल हुनेहरु पनि आफ्नो जिन्दगीमा सफल भएका छन् ।

हामीले यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने मनुष्यभित्र जो प्रतिभा छ, जो खुशी छ, त्यसको कुनै सीमा हुँदैन र त्यसलाई मापन गर्न पनि सकिँदैन । अनि जिन्दगीको उचाइलाई पास र फेल भन्ने मान्यताले होइन प्रतिभाले नाप्न सकिन्छ । बरु मानिसलाई प्रतिस्पर्धामा होमेर मानिसभित्र भएका प्रतिभालाई नष्ट गरी यान्त्रिक बनाउनका निम्ति रचिएको षडयन्त्र हुनसक्छ भनी बुझ्नु जरुरी छ ।

संसारमा जो जसले यही कुरालाई राम्ररी बुझे । उनीहरु नै आफ्नो समयमा संसार हल्लाउने हिरो बने । संसारमा यस्ता थुपै्र उदाहरणहरु छन् । तीमध्ये एउटा उदाहरण दिन उपयुक्त ठानेको छु । भारतीय सिनेमा जगतका सर्जक तथा महानायक अमिताभ बच्चन कुनै समय रेडियो स्टेशनको स्वर परीक्षा दिन जाँँदा स्वरमा फेल भएर बाहिरिएका थिए र आज तिनै व्यक्तिलाई तिनका करोडौं फ्यानहरुले भारतमा देवता सरह पुज्ने पुजनीय, वन्दनीय एवम् शक्तिशाली व्यक्तित्व बनेका छन् ।

संसारमा जुन व्यक्ति सफल र असफल मान्यताको भूमरीबाट मुक्त भई स्वतन्त्र रुपमा अगाडि आफ्नो प्रतिभाको खोजमा उत्रिन्छ । वास्तवमा त्यही व्यक्ति नै कालान्तरमा संसारको हिरो बनेको देखिन्छ । यसैगरी समयले पटकपटक जिन्दगीलाई तौलिरहन्छ, चुनौतिले पटकपटक ताप र चापमा गलाइरहन्छ, भाग्यले पटकपटक उचाल्ने र थचार्ने गरिरहन्छ र ईश्वरले पटकपटक परीक्षा लिइरहन्छ, कसौटीमा होमिरहन्छ । वास्तवमा यस्ता थुपै्र किसिमका आँधीबेहोरीहरुमा तैरिएर जो व्यक्ति संसारमा उत्रिन्छ त्यो व्यक्ति नै हिरो बन्छ ।

जिन्दगीमा यस्तै थुपै्र आँधीबेहोरीमा तैरिएर समाजमा उत्रिएका हिरो हुन् सुरेन्द्रराज शर्मा । उहाँको जन्म पिता खिमलाल शर्मा र माता गौमति शर्माको कोखबाट जेष्ठ पुत्रको रुपमा वि.सं. २०३० साल पौष १५ गतेका दिन बिम गाउँको वन्सार भन्ने ठाउँमा भएको हो । “हुने बिरुवाको चिल्लो पात” भनेझैं सानै उमेरदेखि आफ्ना साथीहरु भन्दा फरक किसिमको चतुर एवम् सृजनशिल स्वभावका हुनुहुन्थ्यो । उहाँ सानै उमेरमा श्री किसानी निमावि बिममा भर्ना भई आफ्नो प्रारम्भिक शिक्षा शुरुवात गरेका शर्माले कक्षा ७ सम्मको अध्ययन पूरा गरी हाइ स्कुल अध्ययनका लागि श्री धवलागिरी मावि सिंगामा गई कक्षा ८ मा भर्ना हुनुभएको हो र सिंगामा एक वर्षको पढाई पूरा गरी कक्षा ९ र १० अध्ययनका लागि श्री जनप्रिय मावि दरबाङ्गमा भर्ना भई अध्ययन गरेका शर्माले २०५० सालमा आफ्नो हाइस्कुलको अध्ययन पूरा गर्नुभएको हो ।

चञ्चल एवम् सृजनशील स्वभावका शर्माले आफ्नो उच्च शिक्षातर्फको अध्ययनलाई बिचैमा रोकेर वि.सं. २०५० सालको अन्ततिर बिम गाउँको वेंशी खारा भन्ने ठाउँको आफ्नै घरमा व्यापारको आधार खडा गरी व्यापार शुरु गरे । यसपछि वि.सं. २०५४ सालमा बिमबाट दरबाङ्ग झरेका शर्माले दरबाङ्ग थापाचौरको पुलचोकमा बपसल साइ सरी साधारण तरकारी शुरु गरेका थिए । सरल, मिलनसार एवम् सहयोगी स्वभावका शर्माले आफ्नो छोटो समयमा निकै राम्रो प्रगति गरी ताराखेत, बेनी जस्ता ठाउँहरुमा गोदाम राखेर शानदार व्यापार गर्दै आएका थिए ।

यसरी आफ्नो व्यापारको स्तर उन्तति गर्नका निमित्त सदरमुकाम बेनीमा बसेर व्यापार गर्नु उपयुक्त हुने निष्कर्षमा पुगी बेनीमा झरेका शर्माको फस्टाउँदो व्यापार माओवादी द्वन्द्वकालको चपेटामा परी क्षणभरमै चौपट भयो । भनिन्छ मानिस परिस्थितिको दास हो । त्यतिबेलाको विषम परिस्थितिले शर्मालाई करोडपतिको शिखरबाट सडकमा पु¥यायो ।
“छन् गेडी सबै मेरी छैनने गेडी सबै टेडी” भनेझैं एउटा सडकमा पुगेको गरिब व्यक्तिलाई समाजले कसरी हेर्छ, कसरी दृष्टिकोण बदल्छ भन्ने कुराको अनुभव हामी सबैसँग काफी छ ।

ऋण मागौं भने कसैले दिने स्थिति छैनन्, पराईको के कुरा गर्नु दुःखको बेला आफन्तले पनि विश्वास गर्दैन । शर्माको जिन्दगी दिनप्रतिदिन झनझन नाजुक बन्दै गयो । कुनै बेला गाडीको भाडा तिर्ने पैसा नहुनाले कैयौं पटक पैदल हिंड्नुप¥यो । कैयौं दिन कहिले एक छाक खाएर, कहिले भोकभोकै बसेर कष्टका दिनहरु काट्नुप¥यो । त्यतिबेला ईश्वर निर्दयी बन्यो । समय वैरी बन्यो र आफन्तहरु सबै पराई बने । करिब शर्माको जिन्दगी भिखारी बन्यो ।

यो संकटको विकराल मनस्थितिमा भाग्य फेरि फर्कन सक्छ, धैर्य गर, संयम गर भनी अर्ती दिने इष्टहरु वास्तवमा यतिखेर कोही आएका थिएनन् । अर्ती दिनेहरु तर्किए । “मर्नुभन्दा बौलाहा बन्नु जाति” भनेझैं विदेश जाने योजना बनाएका शर्माले ऋण काढेको पैसा हातमा बोकेर र मनभरि पैसा कमाउने सपना बोकेर हिंडेका थिए । आखिर आफू ताक्छ मुढो, बन्चरो ताक्छ घँुडो भनेझैं शर्माको सपना बिचैमा चकनाचुर भयो । चारैतिरबाट अन्धकारले घे¥यो । त्यसपछि शर्माले आफूले आफूलाई कसरी सम्हाले, कसरी पाइला चाले, आफ्नो ज्यान कसरी पाले, परिवार कहाँ फाले । करिब नशाले मात्तिएको मान्छे जत्तिकै बेहोशीमा हिंड्न थाले । यी दुःखका नमिठो अनुभवका ज्ञान केवल शर्मा र शर्माका धर्मपत्नीलाई मात्र राम्ररी थाहा छ ।

व्यापार डुब्यो, विदेशको लगानी डुब्यो, अब शर्मासँग आफू स्वयं कतै डुब्न बाँकी थियो । ठीक त्यति नै बेला नेपालका युवा दार्शनिक डा. योगी विकासानन्द शर्माको जिन्दगीमा भगवान बनेर आए, गुरुको चरणमा पुगेपछि विचलित मनले शरण पायो । शिक्षा पायो, प्रेरणा पायो, ज्ञान पायो, यसका साथै नयाँ जीवन पायो । यसैले यहाँ सन्त कवीर भन्नुहुन्छ, “यह तन विषकी बेलरी, गुरु अमृतकी खान, शीस दिए जो गुरु मिले तो भी सस्ता जान” । बहुप्रतिभाशाली गुरु विकासानन्दज्यूको संगतबाट आफूसँग भएको क्ष्लतभििष्नभलअभ पत्ता लगाई जीवन सफल बनाउने लगायतका सफलताका शास्त्र, माइण्ड टेक्नोलोजि जीवन दर्शन भई गुरुबाट हुने सम्पूर्ण किसिमका कोर्षहरु अध्ययन गरी म्याग्दी फर्केका शर्माले अरुले गर्दै आएको तरिका भन्दा फरक तरिकाले फरक किसिमको व्यवसाय गर्ने अठोट गरे ।

अंग्रेजीमा एउटा उक्ति छSuccessful people do not do different things, they do thing differentlyअर्थात् सफल व्यक्तिहरुले कुनै भिन्न कुरा गर्दैनन्, तिनीहरुले त्यही चीजलाई भिन्न तरिकाले गर्छन् ।
ठीक यसै गरी शर्माले यस्तै तरिकालाई आफ्नो लक्ष्य प्राप्तिको मूल मन्त्र बनाउँदै गए ।

नयाँ भिजन नयाँ मिसन नयाँ चिन्तनमा घोत्लिँदै गए । मन्थन गर्दै गए । एक पटक वरिष्ठ पत्रकार मित्रले थोमस एल्वा एडिसनलाई एउटा प्रश्न गरेछन् । महाशय हजुरले आफ्नो वैज्ञानिक परीक्षणमा नौसय उनान्सय पटक असफल हुँदा हरेस खानु भएन ? वैज्ञानिकले सटिक जवाफ दिए– असफल रे ! म अहिलेसम्म असफल भएकै छैन । बरु कुन तरिकाले सफल हुन सकिन्छ भनी फरकफरक किसिमको तरिकामात्रै अपनाएको थिएँ ।

शर्माले यस प्रकारको फरक तरिकाहरु अपनाउँदै गए, साहसी, निडर, मेहनती, जुझारु, निर्भिक एवम् बुद्धिवान आफ्नो धर्मपत्नीलाई सारथी बनाउँदै गए । परिणाम स्वरुप हिजो सामान्य हार्डवेयर पसलबाट आफ्नो व्यवसाय थालनी गरेका शर्मासँग अहिले बेनी कालपुलमा करोडौंका हार्डवेयर पसलहरु छन् । बेनी दरबाङ्ग, पोखरा, नवलपरासी जस्ता शहरहरुमा पनि यसका शाखाहरु खोलेका छन् । बेनी कालीपुलमा करोडौं पर्ने एउटा महल छ, लाखौं पर्ने गाडीहरु छ । यसका साथै नवलपरासी गैंडाकोटमा “संगम पेन्टस प्रा.लि. नामक कम्पनी खोली सो कम्पनीका मालिक समेत बन्नुभएको छ भने पाँच वटा कम्पनीका सञ्चालक पनि हुनुहुन्छ ।सुरेन्द्रराज शर्मा करोडपति मात्र होइन उहाँ समाजसेवी व्यक्तित्व पनि हुनुहुन्छ ।

म्याग्दी उद्योग वाणिज्य संघका सदस्य, जिल्ला सहकारी संघका कोषाध्यक्ष, पश्चिम दरबाङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सहकारी एकीकरणका अभियन्ता हुनुहुन्छ साथै नवीन आनन्द योग केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ । अंग्रेजीमा एउटा भनाई छ, Success is linking yourself, linking what you do and linking how you do it.मानिस जन्मजात बिजेता भएर आएको छ, यसकारण मान्छेले सफल जीवन जिउनका लागि मान्छेसँग लगनशील, धैर्यशील, कर्मशील, सहनशील र सृजनशील हुनु पर्दोरहेछ भन्ने प्रेरणा सुरेन्द्रराज शर्माको जीवनीबाट राम्ररी पाउन सकिन्छ ।शास्त्रले भन्छ– ईश्वरले दातालाई तत्कालै धन दिन्छन् ।

दान नदिने मान्छेको नाश हुन्छ । दानशील मान्छेले नै जगतको चित्र विचित्र वैभवको भोग गर्छ र उसले नै देवलोकको अनन्त ज्योतिको दर्शन गर्न पाउँछ ।लोभीको दिल र मुठी दुवै बन्द हुन्छ । यसैले लोभीलाई ईश्वरले दिन खोज्यो भने पनि पखिन्छ । दानीको दिल र मुठी दुवै खुल्ला हुन्छ ।

यसले दानीलाई ईश्वरले पूरा पूरा भर्न पाउँछ । यही ज्ञानका मर्म बुझेका शर्माले नवीन आनन्द योग केन्द्र नेपालको शाखा केन्द्र दर्बाङ्गलाई योगाश्रमको लागि जग्गा दान दिनुका साथै स्कुल, कलेज, मठमन्दिर जस्ता थुप्रै सामाजिक संस्थाहरुलाई लाखौं लाख दान गरिसक्नु भएको छ ।संसारिक रूपमा ठुला उद्योगपति बन्नु भएका शर्मा आध्यात्मिक रुपमा पनि राम्रो उन्नति गरी योग प्रशिक्षक बन्नु भएको छ ।साथै जिन्दगीका अनेकौं उतारचढावसँगै कुनै घुम्तीहरुमा रित्तो फकिर बनेका सुरेन्द्रराज शर्मा अहिले अमिर बनेका छन् ।
“उँचे उँचे सब चले
निचे चले ना कोय
जो एकबार निचे चले
सब से उँचे होय ।
सन्त कवीर

लेखक म्याग्दीका योग गुरु हुन् ।

Leave a Reply