बाग्लुङ नगरपालिका–४ स्थिर कुँडुले फेदीमा मकै खान आएका बाँदर धपाउने क्रममा भीरबाट लड्दा एक जनाको ज्यान गएको छ । कुँडुले फेदीमा आइतबार दिउसो मकै बारीमा आएका बाँदर धपाउदा चिप्लीएर भिरबाट खस्दा २२ वर्षीय सुदर्शन पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बारीको नजिकै भिर रहेको र बाँदर लखेट्ने क्रममा चिप्लिएर भीरबाट खसेको भन्दैं स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । केही समयमा घटनास्थल पुगेको प्रहरीले भीरबाट ५ सय मिटर तलबाट सुदर्शनको शव फेला पारेको भट्टराईले बताउनुभयो ।

Leave a Reply