गर्भवती महिलाले खाने सन्तुलित आहारले स्वयं महिला र गर्भमा रहेको बच्चालाई फाइदा पुर्याउँछ। गर्भवती महिलाको पेटमा भएको बच्चाले आमाले खाएको खाना अनुसार पौष्टिकता प्राप्त गर्ने हुँदा गर्भवती महिलाले आहार बिहारमा ध्यान पुर्याउनु पर्दछ । गर्भवती महिलाले खाने कुरामा निकै ध्यान दिनुपर्छ । आफु र आफ्नो पेटमा बढीरहेको बच्चाको लागि निम्न खानेकुरा खानुपर्छ ।

सखरखण्ड

सखरखण्ड भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो । यसले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्दछ भने यो शरीरमा भिटामिन ‘ए’मा परिवर्तन हुन्छ ।

गेडागुडी

गेडागुडी फाइबरको राम्रो स्रोत भएकाले यसले गर्भावस्थामा निम्तने विभिन्न समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ । यसमा प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो ।

दही

गाई तथा भैंसीको दुधबाट बनेको दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियम पाइन्छ । दहीमा पाइने क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको बिकास गर्छ ।

अण्डा

प्रोटिनको राम्रो स्रोतको रुपमा अण्डालाई मानिन्छ । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । गर्भवती महिलाले अण्डा खानु निकै राम्रो मानिन्छ । यसमा कोलिनलगायतका भिटामिन र खनिज तत्वहरु पाइन्छ । कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउँछ ।

बोसोरहित मासु

प्रोटिनको मुख्य स्रोतको रुपमा बोसोरहित मासुलाई पनि लिइन्छ । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ ।

फलफूल तथा तरकारी

हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले शिशुले विभिन्न पोषक तत्व प्राप्त गर्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ ।

Leave a Reply