म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जन्मदिनको अवसरमा एक ब्यक्तिले १० हजार सहयोग गरेका छन् । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको अवस्थामा मोना फ्रान्सका अध्यक्ष हेम बानियाँले जन्मदिनको अवसरमा उक्त सहयोग गरेका हुन् । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सव भन्दा सानो सहयोग कोषलाई गरेको बताए । उनले यसअगाडी पनि कोषलाई ब्यक्तिगत रुपमा ६० हजार सहयोग गरिसकेका छन ।

‘जन्मदिनका कुनै नयाँ योजना छैन‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ बानियाँले भने ।बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ। जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाउने गरेको छ ।कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।

Leave a Reply