न्यू होराईजन आवासीय माविमा तीनदिने योग शिविर सुरू भएको छ । विद्यार्थी,अभिभावक र स्थानीयलाई योगको महत्वका बारेमा जानकारी गराउने गरी आयोजित गरिएको हो ।  ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’भन्ने नाराका साथ म्याग्दीमा संचालित नविन आनन्द योग केन्द्रका संस्थापक नविन जुग्जालीको उपस्थितीमा आयोजित शिविरले योगसाधानप्रति आर्कषण बढाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबहादुर जिसीले बताए ।

उनका अनुसार तीनदिनसमम सञ्चालन हुने शिविरलाई भविस्यमा आवश्यकता अनुसार निरन्तरता दिइनेछ । योगमार्फत शरीरमा स्फुर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग साधनामा सहभागी हुने वातावरण बनाउनुपर्ने योग गुरु जुग्जालीले बताए । योगसाधना प्रति पुरुषको तुलनामा महिलाको आर्कषण धेरै रहेको छ।

दैनिक ब्यस्त समयलाई योगसाधनले निकै सहज बनाउने भएकाले पनि महत्वका बारेमा विद्यार्थीमार्फत अभिभावकसम्म पुग्ने गरी योग शिक्षा सञ्चालन गरिने विद्यालयका प्रिन्सिपल अर्जुन पौडेलले बताए । विभिन्न रोगबाट ग्रसितभएकाहरुको उपचारको रुपमा समेत योग साधनलाई लिने गरिन्छ ।मानसिक रोग, मधुमेह, रक्तचाप, मुटुरोगीलाई योग आवश्यक रहेको बताइएको थियो ।

Leave a Reply