????????????????????????????????????

मेषः ब्यवसाय बढ्नेछ भने आफन्तहरुबाट लाभ मिल्नेछ । मान्यजनहरुसँगको भेटले मन प्रसन्न हुनेछ । शुभ खबर पाइनेछ। रोजगारीका अवसरहरु मिल्नेछन् । शुरुवाती दिनहरुमा भने अनावस्यक विवाद गर्नुपर्नेछ ।
वृषः शुभ खबर प्राप्त हुनेछ । सामाजिक तथा धार्मिक कामहरुमा सहभागी हुन पाइने छ । मिठो भोजन प्राप्त हुनेछ । छोटो दुरकिो यात्रा हुनेछ । साताको मध्यतिर भने आर्थिक समस्याहरु बढ्ने देखिन्छ ।

मिथुनः सम्मानका अवसरहरु प्राप्त हुनेछन् । मान्यजनको भेटले मन प्रसन्न हुनुका साथै पराक्रम बढ्नेछ । मान्यजनहरुबाट साथ तथा सहयोग मिल्ने देखिन्छ । साताको अन्त्यतिर भने स्वास्थ्य समस्याहरु बढ्नेछन् ।

कर्कटः यात्रा गनृ पायने छ । बोलीको प्रभाव बढ्नुका साथै मित्रहरुको सहयोग बढ्ने देखिन्छ । मीठो भोजनको अवसर मिलनेछ । मान प्रतिष्ठा बढ्नुका साथै शुभ खबर प्राप्त हुनेछ । कार्यहरु सफल हुनेछन् ।

सिंहः मान्यजनको भेटघाटले उत्साह बढ्नेछ । प्रेम प्रसंगले मन हषिृत रहला । आयमा वृद्धि हुनेछ । छोटो दुरीका यात्राका अवसरहरु मिल्नेछ । शत्रुहरुले कुरा काट्ने ठाउँ पाउनेछन् । शुरुका दिनहरुमा खर्च बढेपनि अन्य दिनहरु शुभ हुनेछन् ।
कन्याः आफन्तहरुबाट सहयोग मिल्नेछ । मनोरञ्जनको अवसरहरु प्राप्त हुनेछन् । मिठो खान पाइनेछ । कृषि तथा पशु चौपायहरबाट लाभ हुनेछ । साताको मध्यतिर भने अनावस्यक खर्च हुने देखिन्छ ।

तुलाः शुभ खबर प्राप्त हुनेछ । मित्रहरुको सहयोगले अधुरा कार्यहरु पूरा हुनेछन् । ब्यापारमा लाभ मिल्नेछ । बोलिको प्रभाव बढ्नेछ । साताको अन्त्यतिर भने मन चञ्चल रहनेछ, सतर्क रहनुहोला ।

वृश्चिकः यात्रा गर्नुपर्ने देखिन्छ । मिठो भोजनको अवसर मिल्नेछ । मन प्रसन्न रहला । सामाजिक कार्यमा रुचि बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । मित्रहरको सहयोगले रोजगारीका अवसरहरु प्राप्त हुनेछन् ।

धनुः शुभ कार्यमा मन जानेछ । मनोरञ्जनका अवशरहरु प्राप्त होलान् । उत्सवहरुमा सहभागी हुन पाइनेछ । सामाजिक मान सम्मान बढ्नेछ । शुरुवाती दिनहरुमा भने अनावस्यक खर्च हुनुका साथै नैराश्यता बढ्ने देखिन्छ ।

मकरः मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । छोटो दुरीको यात्रामा निस्कनु पर्नेछ । अध्ययनमा रुचि बढ्नुका साथै सामाजिक कामहरुबाट सफलता मिल्नेछ । साताको मध्यतिर भने विवादको सामना गर्नुपर्ने देखिन्छ ।

कुम्भः आम्दानी बढ्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । अतिथिहरुको सम्मान गर्न पाइने छ। छोटो दुरीको यात्रा सफल रहनेछ । साताको अन्त्यतिर भने अशुभ खबरले मन चञ्चल रहनेछ ।

मिनः सामाजिक काममा मन जनुका साथै मान सम्मान बढ्ने देखिन्छ । अध्ययन रुचि बढ्नेछ । पारिवारिक भेटले मन प्रसन्न रहनेछ । मित्रहरु तथा मान्यजनहरुबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जानुका साथै यात्रा गर्नुपर्ने देखिन्छ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
१२ गते बिहिबार, विश्व औंलो दिवस
(पश्चिम तथा पूर्व दिशाको साइत शुभ)
शुभयोगः बिहानको ५–३७ देखि ७–१३ बजेसम्म
ःदिनको ४–५३ देखि ६–२९ बजेसम्म
लाभयोगः दिनको १२ –०३ देखि १ –४० बजेसम्म
अमृतयोगः दिनको १ –४० देखि ३–११६ बजेसम्म

१३ गते शुक्रबार
(उत्तर तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ७–१२ देखि ८–४९ बजेसम्म
अमृतयोगः बिहानको ८–४९ देखि १० –२६ बजेसम्म
शुभयोगः दिनको १२ –०३ देखि १ –३९ बजेसम्म

१४ गते शनिबार
(दक्षिण दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ७–१२ देखि ८–४९ बजेसम्म
लाभयोगः दिनको १ –३९ देखि ३–१६ बजेसम्म
अमृतयोगः दिनको ३–१६ देखि ४–५३ बजेसम्म

१५ गते आइतबार
(उत्तर तथा दक्षिण दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ८–४८ देखि १० –५० बजेसम्म
अमृतयोगः बिहानको १० –२५ देखि १२ –०२ बजेसम्म
शुभयोगः दिनको १ –३९ देखि ३–१७ बजेसम्म

१६ गते सोमबार
(दक्षिण तथा पस्चिम दिशाको यात्रा शुभ)
अमृतयोगः बिहानको ५–३३ देखि ७–१० बजेसम्म
ःदिनको ४–५४ देखि ६–३२ बजेसम्म
शुभयोगः बिहान ८–४७ देखि १०–२५ बजेसम्म
लाभयोगः दिनको ३–१७ देखि ४–५४ बजेसम्म

१७ गते मंगलबार, वरुथिनी एकादशी ब्रत
(पूर्व तथा पश्चिम दिशाको साइत शुभ)
लाभयोगः बिहानको १०–२४० देखि १२–०२ बजेसम्म
अमृतयोगः दिनकोको १२–०२ देखि १–३९ बजेसम्म
शुभयोगः दिनको ३–१७ देखि ४–५५ बजेसम्म

१८ गते बुधबार, श्रमिक दिवस
(पश्चिम दिशाको साइत शुभ)
लाभयोगः बिहानको ५–३१ देखि ७–०८ बजेसम्म
ःदिनको ४–५५ देखि ६–३३ बजेसम्म
अमृतयोगः बिहानको ७–०८ देखि ८–४६ बजेसम्म
शुभयोगः बिहानको १०–२४ देखि १२–०२ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी । विस्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् । ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

Leave a Reply