पर्वतमा एक महिलालाई सुत्केरी भएकै दिन श्रीमानले मरणासम्म हुने गरी कुटेका छन् । ३० वर्षीय श्रीमान मदन नेपालीले उनकी श्रीमति ३३ बर्षीय मुना नेपालीलाई सुत्केरी भएको केही समयमा गएको आईतबार साँझ चिर्पट प्रहार गरेर गम्भीर बनाएका हुन् ।घटना जिल्लाको फलेवास नगरपालिका २ थापाठाना खनारको हो ।

उनीहरुले केही बर्षअघि प्रेम विवाह गरेका थिए । रक्सीले मातिएर आएका श्रीमानले सँझ आएर एक्कासी चिर्पट प्रहार गरेको मुनाको भनाई छ । आइतबार दिउँसो मात्रै मुनाले छोरा जन्माएकी थिइन्। चिर्पट प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।गम्भीर घाईते भएकी मुनालाई छिमेकीहरुले जिल्ला अस्पताल पर्वत लगेका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि अहिले पोखरा लगिएको छ । कुटपीट गर्ने श्रीमान मदनलाई भने फलेवास प्रहरीले नियन्त्रणमा लिएको छ ।

गम्भीर अवस्थामै रहेकी मुनाले भनिन्- ‘रक्सीले मात्तेर घरमा आएका श्रीमानले ममाथि एक्कासी हातपात गर्दै चिर्पट प्रहार गरे यदी छिमेकीले तत्कालै थाहा नपाएको भए बाँच्ने थिईन होला उहाँहरुले मलाई अस्पताल ल्याएर बचाउनु भयो।’ स्थानीयका आनुसार मुनाको माईती पक्षमा कोही छैनन् । त्यसैले उनको उपचारमा लाग्ने खर्च समेत नभएकाले सहयोगी मनहरुप्रति सहयोगको याचनासमेत गरेकी छन् ।

Leave a Reply