म्याग्दी हुदै मुस्ताङ लैजान बोरामा हालेर ल्याउँदै गरेको मासु छिमेकी जिल्ला पर्वतको डिमुवामा बरामत भएको छ । कास्कीमा बर्डफ्लुको संक्रमण फैलिएका बेला विना परिक्षण र बिना विल भरपाई ल्याउँदै गरेको अवस्थामा
६ बोरा अबैध कुखुराको मासु नष्ट गरिएको छ ।

पोखरबाट विक्रिका लागि मुस्ताङ लैजान हिडालेको ना ६ ख ७१८० नम्वरको बसमा राखि लैजान थालिएको सूचनाको आधारमा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ।उक्त मासु मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङ्ग र स्थानीय प्रहरीचौकीका इन्चार्ज कृष्णबहादुर नेपाली लगायतको रोहबरमा महभिरमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

पोखरामा बर्डफ्लुको संक्रमण फैलिएपछि साविकको धौलागिरी अञ्चल भित्रका जिल्लामा लुकिछिपी कुखुराको मासु भित्रिने गरेको सुचनाका आधारमा प्रहरीले कडाई गरेको छ । धौलागिरी भित्र पोखरा हुदै विभिन्न जिल्लाबाट खपत हुने कुखुराको मासु ल्याउने गरेको अवस्थामा डिमुवा लगाएतका क्षेत्रमा चेकजाँच हुने भएपनि मध्यरात र अन्य विभिन्न माध्यमबाट भित्राउने गरेकाले बर्डफ्लुको संक्रमण फैलिने सम्भावनलाई मध्यनजर गरी सिमा क्षेत्रमा कडाई गरिएको छ । मकवानपुर, चितवन, कास्की लगायतका जिल्लाहरुमा बर्डफ्लु भेटिएपछि पर्वत लगायत धौलागिरि क्षेत्रमा कुखुरा आयातमा प्रतिवन्ध लगाइएको छ । आयतमा रोक लगाएसँगै पोखरा बागलुङ सडकको डिमुवा नाका, कार्कीनेटा र हुवास नाकाबाट कुखुरा आयातमा कडाई गरिएको छ ।