हामीले मनाउदै आएका पर्वहरुमध्ये एक विशेष पर्व मानिने होली पर्वले पनि अन्य पर्वहरु जस्तै मानव समाजको कल्याण र सन्तुलनलाई दिगो बनाउनको लागि गरिएको विशेष कर्महरुको रहस्य खोल्दछ। सामान्यतया यस पर्वलाई मनाउने शिलशिलामा हामीले आफन्तजन एवम् साथी भाइहरुसग विभिन्न थरिका रङ्गहरु एक अर्कालाई लगाई खेलिने गरिन्छ।

यस क्रममा कहि“कतै फुको रंग र अर्को रुपमा रङ्गलाई घोलेर पिच्कारीद्धारा एक अर्कालाई रङ्गाई रमाईलो गर्नुको साथसाथै एकअर्कास“ग स्नेह मिलन गर्ने पुराना तीता कुराहरुलाई बिर्सेर सम्वन्धलाई पुनः नविकरण गरी सुमधुर बनाउने गरिन्छ। आध्यात्मिक सूक्ष्म रहस्यस“ग पूर्ण विज्ञ नभएतापनि यस पर्वलाई मानव मानवबीचको सदाशयतालाई जीवन्त बनाउने कडीको रुपमा सम्पादन गर्ने प्रचलन रहिआएको छ।

तर वर्तमान समय भने यस पर्वको रुप वा मनाउने तरिका प्रारम्भिक रुपदेखि बिल्कुलै फरक हु“दै आएको छ। अनेकौं आध्यात्मिक रहस्यहरुलाई आफूमा समाहित गरेको भएर पनि आज यस पर्वलाई सम्पादन गर्नेले आध्यात्मिक र नैतिकताको धज्जी उडाउ“दै होहल्ला एवम् छेडखानीपूर्ण तरिका अपनाउ“दै गएका छन् र कतिले त बदला लिने माध्यम पनि बनाएका छन् ।

जुन रुपलाई देखेर कतिपयलाई त यसपर्वदेखि घृणा पनि उत्पन्न हुन थालेको छ भने देश र समाजका शभचिन्तकहरुलाई मानसिक पीडाको स्थितिसमेत सृजना हुने देखिन्छ। अतः अव आवश्यकता छ कि होली पर्वको वास्तविक आध्यात्मिक रहस्यलाई बुझी यस पर्वलाई सुन्दर ढङ्गले सम्पादन गर्नु।तब नै मानव मात्रमा एक नया“ जीवन मार्ग प्रशस्त हुन सक्छ वा जीवन जिउने नया“ शैलीको थालनी हुन सक्छ। होलीको पर्व शिवरात्रिपछि फागुन पहिनाको पूर्णिमाको दिन मनाइने गरिन्छ।

विशेषतः यस पर्वलाई ४ तरिकाले मनाइने गरिन्छ।

1एक अर्कामा रंग लगाउने अर्थात् एक आपसमा संस्कार, स्वभाव मिलाउने प्रेरणा दिन्छ।
2 होलीको पुत्ला बनाएर जलाउनु,जसको अर्थ हो आफूले जीवनमा गरेको गलत कर्म या कलुषित विचारलाई ज्ञानाग्निमा स्वाहा गर्नु।
3 मंगल मिलन मनाउनु, एक आपसमा गला मिलाउनु अर्थात् हामी आफू भित्रदेखि इष्र्या, द्धेष आदिको भावनालाई मिटाउनु।

4 कोई मनुष्य श्रीकृष्णको रुपमा कुनै बालकलाई सजाएर झुलामा झुलाउछन्। जसबाट हामीलाई यो उमंग आउ“छ या प्रेरणा दिन्छ कि हामी पनिश्रीकृष्ण समान सदासर्वदा अतिइन्दि«य सुखको उमंग उत्साहको झुलामा झुलांै।

भारत वर्षमा देशी वर्ष फाल्गुणको पूर्णिमामा समाप्त हुन्छ र फाल्गुण पूर्णिमाको रातमा होलीका जलाउनुको अर्थ यही हुन्छ कि पुरा वर्षमा भएका गल्ती, नराम्रा कर्म वा विचारलाई योग अग्निमा जलाइदिनु र शुरु हुने वाला नया“ वर्षको प्रथम महिनामा हा“स्दै, गाउ“दै र पवित्रतालाई पालन गर्दै अगाडि बढ्नु। किनकि हरेक वस्तु अग्निमा प्रवाहित भएपछि पवित्र एवं शुद्ध हुन्छ।

यसको अतिरिक्त वर्षको अन्तमा सम्पादन गरिने यो पर्वप्रति मनमा अर्थात् दुरादेशी दृष्टिले यो कुराको परिचय दिन्छ कि यो पर्व कल्पान्तमा अर्थात् कलिकालको अन्त्यमा मनाइएको थियो। त्यसपछि नै पुरानो तमोप्रधानताको रात समाप्त भई नया“ सतयुगी सुख, शान्ति, पवित्रताको दिन शुरु भयो ।

त्यसपछि रोग, शोक, दुःख–अशान्ति दरिद्रता समाप्त भयो।विचारणीय कुरा त यो छ कि के गोबरको कन्डेमा होलीका दाउरा जलाएर मानवको सबै दुःख दरिद«ता समाप्त हुन सक्छ त ! यसबाट स्पष्ट हुन्छ कि कन्डे आदिको अग्नि हैन बरु ईश्वरको यादरुपी अग्निले नै हाम्रो सबै कुविचार कुकर्महरु समाप्त भएर जान्छन। तब नै भनिन्छ,‘सबको सनमति दे भगवान’ अर्थात् उहा“ भगवान परमात्माको यादले नै हाम्रा खराबीहरु वा दुःषित संस्कारहरु समाप्त हुन सक्छन्।

जसबाट नया“ सतयुगी दुनियामा सम्पूर्ण सुख शान्तिको प्राप्ति गर्न सकिन्छ। यो पर्वले हामीलाई परमपिता परमात्मा शिव जसलाई सुख–शान्ति पवित्रताको सागर भनिन्छ उहास“ग बुद्धिको योग लगाउने प्रेरणा दिन्छ। होली पर्व शिवरात्रिपछि आउ“छ, जुन यो कुराको प्रतीक हो कि जब परमपिता परमात्मा यो धर्तिमा आउनु हुन्छ त मनुष्य आत्माले परमात्मास“ग बुद्धियोग लगाउ“छन, उनले नै पूर्ण पवित्रता सुख शान्ति पाउन सक्छन्।

होलीकाको अर्थ भुटेको अन्न पनि भनिन्छ। होलीको मौकामा गहु“को बाला भुुट्छन। आध्यात्मिक भाषामा ज्ञान र योगलाई सुक्ष्म अग्नि पनि भनिन्छ। जसरी भुटेको अन्नबाट पुनः फलको उत्पत्ति हुन सक्दैन त्यस्तै प्रकार ज्ञान र योगको अवस्थामा गरेको कर्मले पनि विकर्मको रुप कहिल्यै लिन सक्दैन अर्थात् उ विकारी मनुष्यको संगमा फ“सेर विकारी कर्म गर्दैन। उसको विकारी संस्कार पुनः जागृत कहिल्यै पनि ह“दैन।

अतः होली यो कुराको प्रतीक हो कि परमपिता परमात्मा शिवले कलियुगी सृष्टिको अन्तमा मनुष्य आत्माहरुलाई ज्ञान र योगको अग्निमा कर्मरुपी बीउलाई भुट्ने जुन ज्ञान दिनु भएको थियो अर्थात् जुन शुद्ध कर्म गर्ने प्ररणा दिनुभएको थियो त्यसलाई हामी पालन गरौं। हामी दाउरा वा गोवरका गुइठा जलाउनुलाई मात्र होलीका नाम नदिउ“ बरु परमात्माको यादको लगनको अग्निले आफ्नो पुरानो र दुषित संस्कारलाई भष्म गरौ“।

हामी जे कर्म गछौ“ ज्ञानयुक्त, योगयुक्त भएर गरौं। होलीकाको अर्थ हामी अर्को शब्दमा यस प्रकारले पनि भन्न सक्छौ“ः होली अर्थात् जो बित्यो सो बित्यो, त्यसको चिन्तन तथा अगाडिको लागि जो पनि कर्म गर्छौ त्यो योगयुक्त भएर गरौ। हिन्दीमा होली अर्थात् हो ली अर्थात् भइसक्यो र अर्को अर्थमा म आत्मा ईश्वर अर्पण हो ली अर्थात् ईश्वरको भइसके । अब म जे पनि कर्म गर्नेछु त्यो परमात्माको याद र उसको आदेश अनुरुप गर्नेछु।
अर्को कुरा अंग्रेजी भाषामा होली९ज्इीथ्० अर्थात् पवित्र भन्ने बुझिन्छ।

जो पनि कर्म गर्नु छ मनोविकारको वशीभूत भएर होइन शुद्ध पवित्र भएर गर्नु पर्दछ। जसरी होली एक शब्दबाट हामी अनेक अर्थ निकाल्न सक्दछौ। अब प्रश्न उठ्न सक्दछ कि होलीमा किन रंग लगाइन्छ त? एउटा भनाई छ,‘श्याम पिया“ मेरी रंगा दे चुनरिया’ जसरी ज्ञान शब्दले अनेक शब्दस“ग सन्धी गर्दा विविध अर्थबोध गराउने गर्दछ जस्तै ज्ञान अमृत, ज्ञानअंजन, ज्ञानधन, ज्ञानअग्नि, ज्ञानवान, त्यस्तै प्रकारले ज्ञानलाई रंग पनि भनिन्छ।

ज्ञानी मानिसले आफ्नो सम्पर्क सम्बन्धले अन्य मानवलाई पनि ज्ञान रंग चढाउन सक्छन। चोला धारण गर्ने वाला आत्मालाई परमात्माको ज्ञान रंगले रंगाएर परमात्मास“ग उसको सम्बन्ध जोडिदिन्छ अर्थात् त्यो आत्मालाई पनि परमात्माको शक्ति लिने विधि प्रदान गर्दछ। जबसम्म मनुष्य ज्ञानको रंगले रंगिदैन तबसम्म उसले अरुलाई पनि ज्ञान रंगले रंगाउन सक्दैन। न उ आनन्दित रहन सक्छ र न अरुलाई आनन्दित पार्न सक्छ। परमात्मास“ग मधुर मिलन मनाउनु अर्थात् आत्मालाई ज्ञान रंगले रंगाउनु आत्मामा उसैको गुणरुपी रंग भरेर रंगिनु नै ज्ञानको रंगमा रंगिनु हो

वास्तविकता त यो हो कि ज्ञानको विना मनुष्य आत्मा परमपिता परमात्मास“ग मंगलमिलन मनाउन कसरी सक्छ? आज यो संसारमा मायावी विचारवाला मनुष्य आफू ५ विकारको वशीभूत भएको मानव एक अर्काको अमंगल नै गर्दा आनन्द मान्छ। उ मंगल मिलन तब नै मनाउन सक्छ, जब ज्ञान सागरमा आत्मालाई धुन्छ। अतः दूषित आचार विचार र संकल्पलाई ज्ञान सागरमा धुनु नै सच्चा होली मनाउनु हो।

राजयोगिनी ब्रकु रिना दिदि

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र