पछिल्लो समयमा लोकगायनको क्षेत्रमा सर्वाधिक लोकप्रिय गीतकार तथा सर्जक बसन्त थापाको नेपाली लोकदोहोरी गीत जाम सुस्तै बजारमा सार्बजनिक भएको छ । सालको पातको अपार सफलता पछी थापाले यो गीत बजारमा ल्याएका हुन् । साविकको धौलागिरी अञ्चलमा लोकप्रिय गायक एवम् सर्जक थापालाई म्याग्दीका गायक तथा हाँस्य अभियनमा लोकप्रिय रबि कार्की र जुना शिरिषले साथ दिएका छन् । गीतमा लय, शब्द गायक थापाकै रहेको छ भने आशिष अबिरले गीतको संगीत संयोजन गरेका छन् ।

भिडियोमा बसन्त थापा,जाहान्वी बस्नेत, रामजी खाड, कुलेंद्र बिक र रबि कार्कीलाई अभिनयमा देख्न सकिन्छ । निर्देशक तथा कोरियोग्राफर शिब बिकको निर्देशनमा तयार भएको भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन रहेको हुन् । भिडियोको सम्पादन बिकाश ज्ञावलीको रहेको छ । गीतमा देखिएका कुलेन्द्र लोकदोहोरी क्षेत्रमा एउटा खम्बाको रुपमा चिनिन्छ ।

बसन्तको मेहनतलाई कुलेन्द्रले दिएको आवाजले नै लोक संगीतमा बचश्व कायम गरेको अवस्थामा म्याग्दीका गायक कार्कीले समेत अवसर पाएकोमा दंग छन् । म्याग्दीमा गायनर्सगै सामाजिक तथा जनचेतनामुलक कार्यक्रममा समेत सहभागि हुने कार्कीले गीतको म्यूजिक भिडियो सार्वजनिक भएलगत्तै सकारात्मक प्रतिक्रिया आउन थालेको बेनीअनदलाइनलाई बताए । उनले आफु्ँले सुझाव प्राप्त गरेमा आगामी दिनमा थप मेहनत गर्ने बताए ।