मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । आँखा कमजोर भएमा मरिच पिसेर धूलो बनाउनुस् अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुस् । यसो गर्दा आँखा तेजिलो हुन्छ ।मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिएमा पेट भित्रको किरा मर्छ । पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो ।