आधुनीक संस्कृती सँगै स्वादका पारखीहरु रेस्टुरेन्ट वा होटलमा बनाईएका रेडिमेड खानामा आकर्षीत हुन थालेका छन् ।घरमा बनाउन अल्छी मान्ने तथा बाहिरको तुलनामा स्वादीलो नहुने भन्दै अधिकांश मानिसहरु फास्टफुडको सौखिन बनेका छन् । तर यस्ता बाहिर बनेका खानामा स्वादिलो बनाउन प्रयोग गरीने मोनो सोडियम ग्लुटामेटले स्लो पोईजनको रुपमा हाम्रो शरीरलाई असर गरीरहेको हुन्छ । अधिकांश मानिसलाई मोनो सोडियम ग्लुटामेट अर्थात् एमएसजीको हानीबारे थाहा नहुन सक्छ ।

के हो एमएसजी ?

मोनो सोडियम ग्लुटामेट खानामा भरपुर स्वाद थप्न फ्याक्ट्रीमा बनाइने एक पदार्थ हो। चाउचाउको मसाला, पिज्जा, चिप्स, डिब्बामा राखिएका तरकारी, सूप र प्रशोधित मासुमा प्रयोग गरिन्छ । हाल विश्वभरका खाद्य सुरक्षासंग सम्बन्धित संस्थाहरुले एमएसजीको प्रयोग मानव स्वास्थ्यको लागि हानीकारक भन्र्दै बहश शुरु गरेयता अधिकांश उधोगले प्याकेट बाहिर ‘नो एडेड एमएसजी’ भनेर लेख्नसुरु गरेका छन् ।यद्यपी उनीहरुले आफ्नो उत्पादनमा स्वादको लागि एमएसजी मीसाएकै हुन्छन् ।

एमएसजीको प्रयोगको असर –

एमएसजीको प्रयोग सुरु भएको ३० वर्ष भयो । यो समयमा संसारभरीमा टाइप २ डाइबिटिजका रोगीहरुको संख्या ३० गुणा बढेको पाइन्छ । साथै यसको प्रयोगले गर्दा संसारभर बच्चाहरुमा मोटोपना बढिरहेको छ ।

एमएसजी नशाजस्तो हुन्छ । एकपटक खाएपछि खाइरहन मन लाग्छ । एमएसजीको सेवनले शरीरमा इन्सुलिनको मात्रा प्रभावित हुन्छ । आँखाको ज्योती प्रभावित हुन्छ र तपाईंको रेटिनामा असर गर्न सक्छ । मुटुको धड्कन बढ्नुका साथसाथै मुटुसम्वन्धी रोगहरुको सम्भावना बढ्छ । मोटोपनाको सम्भावना बढ्छ ।

एमएसजीले हाम्रो शरीरको न्यूरोन्सलाई पनि प्रभावित गर्छ । अल्जाइमर्स, पार्किन्सन्स जस्ता मस्तिष्कका रोग पनि हुन सक्छन् । एमएसजीयुक्त पदार्थहरुको सेवनले बाँझोपना पनि हुन सक्छ किनकी यसको प्रयोगले गर्भमा रहेको बच्चालाई भोजन पुर्‍याउने नली प्रभावित हुन्छ । यसबाट भ्रुणको विकास नै हुन पाउँदैन ।रक्तचाप बढ्नुका साथै मुटु रोगको सम्भावना पनि बढ्छ । टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ । एजेन्सी