लोकसंगीत तथा सामाजिक अभियानमा सक्रिय इन्द्रेनी कार्यक्रममा म्याग्दी जिल्लाको मौलिक कला संस्कृतिले प्राथमिकता पाएको छ । कला संस्कृतिको संरक्षणमा सक्रिय रहेको उक्त कार्यक्रममा म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले म्याग्दी जिल्ला लोकसंगीतमा धनी भएको बताए ।

उनले कला र संस्कृतिलाई संरक्षणमा अगाडी बढ्ने बताउँदै सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा यस्ता कार्यक्रमले समेत सहयोग पुग्ने बताए । कार्यक्रममा म्याग्दीको मालिका गाउँपालिकाको बिमका अगुवाहरुको समेत सहभागिता थियो ।
कार्यक्रममा विम समाज यूकेका अध्यक्ष कृष्ण जुग्जाली सहित अग्रज कलाकारहरुको सहभागिता थियो । म्याग्दीको गाउँघरमा यानीमायाँ गाउँदा जस्तै झल्को दिने गरि आफ्नो मौलिक संस्कृतिको रुपमा रहेको यानीयाँलाई जर्गेना गर्नुपर्ने मोना यूकेका सल्लाहकार समेत रहेका जुग्जालीले बताए । परम्परागत रुपमा विवाह, बर्तबन्ध, पितृकार्य लगायतमा गाईने यानीमायाँ पछिल्लो समय लोपहुँदै गएको अवस्थामा सबै क्षेत्रबाट संरक्षणमा पहल गर्नुपर्ने बताए ।