टोलमा भाडामा बस्न आउने र छोडेर जाने ब्यापारीले तत्कालै टोलसुधार समितिलाई जानकारी गराउँछन् । टोलले पनि भब्य सम्मान तथा विदाई समेत गर्ने गर्दछ । भाडावाला र घरधनी बीचको सम्बन्धलाई समेत यस कार्यले बलियो बनाइरहेको अवस्थामा बेनी नगरपालिका–७ बेनीबजारको विरेन्द्रचोक टोल सुधार समितिले टोलबासीको जन्मदिन मनाउने नयाँ अभ्यास गरेको छ। टोललाई सुन्दर र नमुना बनाउने अभियानमा जुटेका समितिले शनिबार सार्वजनिक ठाउँकै कार्यक्रम गरी दुईजनाको जन्मदिन मनाइएको कोषाध्यक्ष पुष्पा पुनले बताईन् । उनका अनुसार टोल सुधार समितिले टोलबासी सृजना भट्टचन,मानुष गौतमको जन्मदिन मनाइएको हो ।

‘टोलबासीको जन्मदिन मनाउने कार्यले थप सम्बन्ध बलियो हुन्छ,‘देशकै नमुना टोल बनाउन गरिएको एउटा रचनात्मक कार्य हो’ पुनले भनिन् ।उनले टोलभित्र रहेका २२ घरधुरीका सदस्यको जन्म मिति संकलन गरी अव सार्वजनिक वा घरमै जन्मदिन मनाउने कार्य गरिने बताईन् ।दैनिक सरसफाई सहित अन्य विभिन्न कार्यमा नगरपालिकाको बजेटभदा पनि टोलबासीको चन्दा संकलनबाटै गर्ने गरिएको अवस्थाम जन्मदिनको अवसरमा समितिलाई दिईने सहयोगले अभियानलाई प्रभावकारी बनाउन सहज हुने उनले बताईन् ।

शनिबार जन्म्दिन मनाउने क्रममा भट्टचनले ४ हजार र श्यर्ली गौतमले छोराको नाममा ३ हजार १ सय सहयोग समेत गरेका थिए । समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले टोललाई नेपालकै नमुना बनाउने अभियानमा आफुँले सक्रियता देखाएको बताए । उनले टोलभित्र पर्ने सार्वजनिक स्थानका साथै बराहपाखो सामुदायिक बनभित्र समेत फलफुल सहित बहुमुल्य बिरुवा लगाउनुका साथै एक घर एक बिरुवाको अभियान सहित दर्जनको हाराहारीमा काम गरिएको बताए ।

शनिबार आयोजित कार्यक्रममा समाजसेवी रुपप्रसाद पुन, श्रीमति खमिस्ता पुनले समितिलाई विभिन्न समयमा दिएको करिव १ लाख २५ हजार बराबरको सहयोग बापत कदरपत्रले सम्मान गरिएको थियो सम्मान कार्यक्रममको अवसरमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले नगरपालिका भित्रको नमुना टोल सुधार समितिको रुपमा चिनिएको बताए । टोलबासीको सक्रियताले टोल विकासमा सरकारी बजेटलाई नै कुर्ने प्रबृत्तिको अन्त्य गरेको समेत बताए । त्यस्तै समाजसेवी सुवास कुामर श्रेष्ठले हरेक रचनात्मक कार्यले टोलबासी हुनुमा गर्व लागेको बताए ।

टोलका सार्वजनिकस्थल वरिपरीको फोहोर, नाली, बाटोघाटोमा हुन फोहोर ब्यवस्थापन, युरो गार्ड जडान गरी चौतारीमा निशूल्क शुद्ध खानेपानी, पदमार्ग, पुरानो चौतारी मर्मत, सहिद स्तम्भ सरसफाई, फुलको बगैचा, भाडामा बस्नेलाई स्वागत लगाएतका रचनात्मक कार्य गदैं आइरहेको छ । यसैबीच शनिबार नै समितिको अगुवाईमा बेनी–महारानीथान–अर्थुङ्गे सडकखण्ड अन्र्तरगत सडक तथा आसपासका क्षेत्रमा फलफुल विरुवा रोपिएको छ ।

वडाभित्र रहेको सामुदायिक बनको संरक्षणका लागि टोल सुधार समितिले पहिलो चरणमा गरिएको बृक्षारोपणलाई साप्ताहिक तथा मासिक रुपमा सञ्चालन गर्ने गरेको छ । टोल सुधार समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, सल्लाहकार कुलप्रसाद श्रेष्ठको स्वागत र सचिव लाल बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । समितिको खातामा टोलबासीको सहयोगबाट संकलिन३ लाख नगद समेत रहेको छ ।