म्याग्दी जेसीज सम्मानित भएको छ । प्रदेश नं २ जनकपुरमा आयोजित ४५ औं राष्ट्रिय सम्मेलनको अवसरमा क्षेत्रगत रुपमा उत्कृष्ट शाखा तथा अध्यक्षलाई जेसीज अफ दी मन्थको उपाधीबाट सम्मानित गरिएको म्याग्दी जेसीजका उपाध्यक्ष अर्जुन पौडेलले बताए । ‘म्याग्दीमा गरिएका गतिविधिको उच्च मुल्याङ्कन भएको छ,‘स्थानीय तहमा पुगेर गरिएका कार्यक्रम देशभरकै लागी नमुना बन्यो’ पौडेलले बेनीअनलाइनलाई भने ।

सम्मेलनको अवसरमा शाखा अध्यक्ष ई.कमल विश्वकर्मालाई संस्था र अध्यक्षको अवार्डबाट सम्मानित गरिएको थियो ।सोही अवसरमा नेतृत्व र ब्यक्तित्व विकास संगै म्याग्दी जेसीजले गाउँ केन्द्रित कार्यक्रम अन्तरगत पर्यटन प्रर्वधनमा उत्कृष्ट कार्य गरेको भन्दै अर्को सम्मान समेत प्रदान गरिएको थियो । ‘सम्मानले उर्जा थपेको छ,‘अब बन्ने नयाँ कार्यसमितिलाई पनि थप सक्रिय बनाउनेछ’ अध्यक्ष विश्वकर्माले भने । उनका अनुसार आफ्नो कार्यकालमा गरिएका हरेक गतिविधिमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।