उखानै उखानहरु जोडेर नेपाली गित संगीतमा एउटा फरक प्रस्तुती सार्बजनिक भएको छ । गायक तथा सर्जक नकुल ढकालको प्रस्तुतिमा सार्बजनिक भएको उक्त गीत छोटो समयमा नै अत्यधिक दर्शक एवं श्रोताहरुले मन मराएका छन् । नयाँ युट्युब च्यानल मार्फत सार्बजनिक भएको भए पनि नेपाली गित संगीतलाई यो गिति एल्बुम ले एउटा चुनौती थपेको छ । ढकालले जस्तो पनि बिषयलाई कथामा उतारेर एल्बम तयार गर्न सकिन्छ भन्ने उदाहरणको साथमा यस गीतलाई प्रकाशन गरेका हुन् ।

गायक नकुल ढकाललाई कोरसमा साथ दिएका छन दुर्गा बिरहिले भने प्रीती आलेलाई साथ दिएकी छिन् गायिका रितु ब्रोकनले ।पृथक स्वादमा तयार भएको “उखान युद्ध” बोलको ब्याटल गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने क्यामारामेनको भुमिका प्रकाश खड्का त्यसै गरि भिडियो मिक्सिङ इडिटिङ मिलन बिश्व्कर्माको रहेको छ । भिडियोमा नकुल ढकाल र प्रीती आलेको द्वन्दात्मक अभिनय देख्न सकिन्छ । भिडियोलाई आत्म बिश्वास फिल्म्सबाट गित सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।