म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा रहेको झोलुङ्गे पुल । बेनी नगरपालिका वडा नं २ र ७ जोड्ने पुल मर्मत सम्भार नहुदाँ आवतजावतमा समस्या भएपछि बेनपा–७ को पहलमा मर्मत सुरू गरिएको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग बनाइएको पुल पुरानै स्वरुपमा मर्मत गर्न प्राविधिक टोलीले सुझवा दिएको छ । करिव १३१ बर्ष पुरानो पुलबाट दैनिक आवतजावत गर्ने गरिएपनि पुराना काठ र लठा समेत चुडिने अवस्थामा पुगेपछि मर्मतको प्रयास गरिएको थियो ।तत्कालिन समयमा बागलुङ गलकोटका लालप्रसाद शेरचनले काँचो फलाम र पश्चिम म्याग्दीको रुममा स्थानीयले पुलमा प्रयोग गरेका साम्रागी र सीपलाई प्रयोग गरी पुल हालेका थिए ।